CG Electronics
IME Life
NIMB

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले गर्‍याे सम्मान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडाैँ । र्‍याली अफ हिमालयाजका विजयी दीपक शाहलाई रोयल इन्फिल्ड नेपालकाे आधिकारीक विक्रेता अल्फा अटोमोटीभ प्रालिले सम्मान गरेकाे छ।

गत असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयाेजना भएकाे र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा शाह विजयी भएका थिए। उनी हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी बनेका हुन्। उनले हिमालयाजमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए।

अल्फा अटोमोटिभले बुधबार काठमाडौँमा एक समाराेह गरी शाहलाई खादा, सम्मान पत्र, ९५ हजार नगदसहित सम्मान गरेकाे हाे।
यो इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो।

सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ। सो यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ।

कार्यक्रममा रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पाैडेलले नेपालमा अटाे स्पाेर्ट्सले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने बताए। जसले गर्दा देशकाे जिडिपीमा केही सहयाेग पुग्ने उनकाे भनाइ छ।

यस्तै विजयी शाहले हिमालयाजजस्ता र्‍याली नेपालमा हुन पर्ने बताए। शाहले पनि यस्ता र्‍याली नेपालमा भए पर्यटन प्रवर्द्धन गर्न सहज हुने बताए।

रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा आफूले हिमालयकाे चुनाैतीपूर्ण भूभाग सामना गर्नकाे लागि आत्मविश्वास महसुस गरेकाे र नेपाललाई माेटरस्पाेर्ट्बाट विश्वभर चिनाउने शाहकाे भनाइ छ।

 

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...