Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले गर्‍याे सम्मान

Machhapuchchhre Bank Limited

काठमाडाैँ । र्‍याली अफ हिमालयाजका विजयी दीपक शाहलाई रोयल इन्फिल्ड नेपालकाे आधिकारीक विक्रेता अल्फा अटोमोटीभ प्रालिले सम्मान गरेकाे छ।

गत असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयाेजना भएकाे र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा शाह विजयी भएका थिए। उनी हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी बनेका हुन्। उनले हिमालयाजमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए।

अल्फा अटोमोटिभले बुधबार काठमाडौँमा एक समाराेह गरी शाहलाई खादा, सम्मान पत्र, ९५ हजार नगदसहित सम्मान गरेकाे हाे।
यो इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो।

सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ। सो यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ।

कार्यक्रममा रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पाैडेलले नेपालमा अटाे स्पाेर्ट्सले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने बताए। जसले गर्दा देशकाे जिडिपीमा केही सहयाेग पुग्ने उनकाे भनाइ छ।

यस्तै विजयी शाहले हिमालयाजजस्ता र्‍याली नेपालमा हुन पर्ने बताए। शाहले पनि यस्ता र्‍याली नेपालमा भए पर्यटन प्रवर्द्धन गर्न सहज हुने बताए।

रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा आफूले हिमालयकाे चुनाैतीपूर्ण भूभाग सामना गर्नकाे लागि आत्मविश्वास महसुस गरेकाे र नेपाललाई माेटरस्पाेर्ट्बाट विश्वभर चिनाउने शाहकाे भनाइ छ।

 

 

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३६

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल...