Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

विद्यार्थीहरूलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ शैक्षिक मेला आयोजना गरिने

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आगामी नोभेम्बर ११ देखि २१ सम्म ९ वटा प्रमुख शहरहरूमा आयोजना गरिने जनाएको हो ।

यो शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया, र युरोपका अन्य विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधिहरु प्रत्यक्ष रुपमा सहभागी हुनेछन् ।

२५ भन्दा बढी विदेशी शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी परामर्श लिन सक्ने व्यवस्था गरिएको छ । यसले विद्यार्थीहरुलाई आफ्नो भविष्यको शैक्षिक यात्रा सहज बनाउने अवसर प्रदान गर्ने समेत ग्रेस इन्टरनेशनले जनाएको छ ।

साथै सहभागी विद्यार्थीहरुका लागि विशेष स्पट एडमिसन सुविधा र विभिन्न शैक्षिक संस्थाहरुबाट अधिकतम छात्रवृत्ति अवसर उपलब्ध गराइने समेत जनाएको छ ।

कार्यक्रमलाई थप प्रेरणादायी बनाउन नेपालका स्टार क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीको उपस्थितिसमेत रहने छ ।
ग्रेस इन्टरनेशनल ग्रुपका संस्थापक निर्देशक एन्डु पौडेलका अनुसार, एडुभर्स २०२४ मा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता अपेक्षित रहेको बताए ।

यस कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न देशहरूमा अध्ययन गर्न र आफ्नो शैक्षिक भविष्य निर्माण गर्न अझ स्पष्ट जानकारी र सही निर्णय लिन सहयोग गर्ने विश्वास गरिएको छ ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...