CG Electronics
IME Life
NIMB

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि ससम्पूर्ण तयारी पूरा, ऊर्जामन्त्री खड्काले उद्घाटन गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने भएको छ ।

नेपाल विद्युत् व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२४’ नाम दिएर यही कात्तिक २९ गते अर्थात् आगामी बिहीबारदेखि मंसिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवम् प्रवर्द्धन गर्ने अपेक्षा महासंघको छ ।

आम उपभोक्तालाई पनि नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नारा दिएर ‘फिन इलेक्ट्रो टेक २०२४’ आयोजना गर्न लागेको महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार ११औँ संस्करणको यो प्रदर्शनीलाई ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रालि)ले टाइटल स्पोन्सर गरेको छ ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नाका साथै यी उद्योगमा भएका नवीनतम उपलब्धीहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य यो प्रदर्शनीले राखेको छ । प्रदर्शनी अवधिभर उद्योगी, व्यवसायी एवम् उद्यमीहरू माझ अनुकुल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नाका साथै उपझोक्ता हकहितसम्बन्धी जनचेतनामूलक कार्यत्रमहरू गरिने पनि अध्यक्ष देवकोटाले जानकारी दिए ।

‘विद्युत् जस्तो सम्वेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत् व्यवसायीहरूको यो संस्थाले सदैव आफ्ना सदस्यहरूमार्फत सुरक्षालाई ध्यानमा राखेर ननीनतम र गुणस्तरीय सामग्री विक्रीवितरणमा अविभावकत्व गर्दै आएको छ,’ अध्यक्ष देवकोटाले भने, ‘हामीले प्रत्येक दुई/दुई वर्षमा यो पदर्शनी आयोजना गर्दै आएका छौँ । प्रदर्शनीलाई सहभागीमुलक एवम् सूचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र फ्रस्तुती तथा अन्तरक्रिया कार्यत्रमहरू सञ्चालन हुने छन् ।’

उनका अनुसार ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ को हलभित्र ४४ वटा ब्लक, २८ वटा स्टल रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरू रहेका छन । यस पटक फिन इलेक्ट्रो टेक २०२४ मा भारत सरकारको सहयोगमा इन्डियन चेम्बर अफ कमर्सले हल भित्रको २८ वटा स्टल रहेको प्याभिलिएनमा इन्डिया पावर शोका लागि इन्डियन उद्योगी एवम् व्यवसायीहरूले बुकिङ्ग गरेका छन ।

फिन इलेक्ट्रो टेक २०२४ मा हलभित्र र हल बाहिर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । जसमा नेपाली उत्पादनलगायत बहुर्राष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल एवम् कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शनी गरिनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना उत्पादनहरूबारे जानकारी दिनेछन् भने अवलोकनकर्ताहरूको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरूका लागि छुट्टै सेल्स एरियाको व्यवस्था पनि गरिएको छ ।

ट्रान्सवेल्ड ट्रान्सर्फमरले टाइटल स्पोन्स गरेको प्रदर्शनीलाई प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रालि) ले प्लेटिनम स्पोन्सर गरेको छ । यसैगरी, डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रालि) र जानकी केबल (जानकी केबल इन्डष्ट्री प्रालि) रहेका छन । प्रदर्शनीका गोल्ड स्पोन्सरमा सिएनएस (प्राइम भेन्चर्स प्रालि), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रालि), स्विफ्ट गोल्ड (बबिता ट्रेडर्स) र केईआई जनता (जनता केबल इन्डस्ट्रिज प्रालि) रहेका छन ।

त्यसैगरी, अफिसियल बैंकमा गरिमा विकास बैंक र अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसियल क्यारियरमा ग्लोबल कलस लजिस्टिक रहेको छ । यस्तै, फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट रहेको छ भने कार्डस्पोन्सरमा केईआई वायर एवम् केबल (केईआई उद्योग लिमिटेड, इन्डिया) रहेको छ ।

ग्लोबल एक्पोजिसनबाट व्यवस्थापन गरिएको यस प्रदर्शनीको अवलोकनका लागि आज मंगलबारदेखि नै टिकट बुकिङ खुला गरिएको छ । प्रदर्शनीको टिकेटिङ पार्टनरमा खल्ती वालेट छ । खल्तीले सुहुलियत दरमा अग्रिम प्रवेश टिकट बुकिङ्ग गरिरहेको छ ।

प्रदर्शनीलाई नेपाल विद्युत् प्राधिकरणले ऐक्यवद्धताका साथ सहभागिता जनाउने बताइएको छ । प्रदर्शनीको अन्य सहयोगी संस्थाहरूमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान), नेपाल इन्जिनीयर्स एशोशिएसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इन्जिनीयरिङ फर्म, लघु जलविद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनीयर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रिकल कन्ट्राक्टर एशोशिएसन र सोसाइटी अफ नेप्लिज आर्किटेक्टसलगायत सरोकारवाला संस्थाहरू छन् ।

प्रदर्शनीमा स्वदेशी उत्पादन लगायत भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादनहरू प्रदर्शन गरिने छ । यस्तै, ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सी एण्ड एस, लिशा, टिन्ज, स्विफ्ट गोल्ड, केईआई, जनता, एचपीएल, फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मिक, लिब्राइट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सशक्त सहभागिता यो प्रदर्शनीमा रहने छ ।

चार दिनसम्म चल्ने प्रर्दशनीमा देशभित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनीयर, इन्टेरियर डेकोरेटर प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरू, मिडियाकर्मी, विद्यार्थी एवम् आम सर्वसाधारण गरी ५० हजार भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले प्रदर्शनी उद्घाटन गर्ने तयारी छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...