Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताउनुभएको छ ।

कर्मचारी अभावका कारण केही सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला मन्त्री गुप्ताले सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताउनुभएको हो ।

तीनवटै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ ।

यद्यपि, नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग भइरहेको जानकारी उहाँले दिनुभयो ।

‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालययले कर्मचारी माग गरेका कुनै पनि कार्यालयमा मन्त्रालयमा भएकै कर्मचारीको व्यवस्था गरी अधिक भिड हुने कार्यालयहरू जस्तोः जिल्ला प्रशासन, यातायात, मालपोत, राहदानी विभागलगायतमा पठाउने गरेको छ,’ मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘तर, तीनवटै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न सकिएको छैन ।

त्यसका लागि नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका (सहसचिव र उपसचिव) पदका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको छ ।’

मन्त्रालयले अहिले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन प्रशासनिक सङ्गठनहरूको संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष रूपमा परिवर्तन गर्दै लगेको मन्त्री गुप्ताको भनाइ छ ।

सङ्घीय मन्त्रालय र कार्यालयमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) कार्य सम्पन्न गरी समग्रमा सङ्घीय कार्यालयमा २१० वटा दरबन्दी कटौती गरिएको जानकारी उहाँले दिनुभयो ।

यस्तै, उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पुर्‍याउने गरी २५ जना सहसचिवलाई तालिम प्रदान गरी कर्मचारीको क्षमता विकास र कर्मचारी व्यवस्थापनमा मन्त्रालय सक्रिय भएको दाबी उहाँको छ ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...