Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने

 

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् ।

बुधबार प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय शैय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताए ।
उनले प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र चुनौतीकाबीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकामा खुसी व्यक्त गरे ।
उनले दीक्षित विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिए ।

उनले भने,‘अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईँहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस् ।’

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो,‘म खुसी व्यक्त गर्न चाहान्छु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’

संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्राडा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थीलाई दीक्षित भएका छन् ।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी थियो ।

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा...

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:०३

  काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति...

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको...

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री...

वि.सं.२०८१ मंसिर १७ सोमवार १०:५७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र...

जनकपुर बोल्ट र नेपाल सेरामिकबीच सम्झौता पत्रमा हस्ताक्षर

जनकपुर बोल्ट र नेपाल सेरामिकबीच सम्झौता पत्रमा...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:०८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १५:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को...

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ, अध्यक्ष ढकाल

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ,...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:५६

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...