CG Electronics
Ncell NPL
TATA Banner

शिखर इन्स्योरेन्स कम्पनी आजबाट २१औं वर्षमा

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स आजबाट २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रूपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आज २०औं बसन्त पूरा गरेको युवा झैँ एक सक्षम, सबल र उत्कृष्ट कम्पनीको रूपमा उभिन सफल भएको छ । दाबी भुक्तानीदेखि बीमा पोलिसी जारीसम्म र न्यून आय भएका कृषि बीमामा दरिलो उपस्थिति जनाएर कम्पनीले बीमा व्यवसाय र बीमा सेवा प्रवाह गर्ने सार्वजनिक कम्पनीको रूपमा स्थापित गर्न सफल भएको छ ।

कम्पनीले २१औं वर्ष प्रवेश तथा २०औं बार्षिकोत्सव देशव्यापी रूपमा रक्तदान कार्यक्रम गरेर मनाउँदै छ । आज बिहान कम्पनीका सात वटै प्रदेश कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम धमाधम सञ्चालन भइरहेका छन् भने कतिपय स्थानमा सम्पन्न समेत भइसकेको छ । कम्पनीले २०औं बार्षिकोत्सवको अवसरमा बीमालाई आम जनताको बीचमा पुर्याएर अझै सरल बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ ।
बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ दीप पाण्डेले आम जनताले पाउने बीमा सेवा अझै सरल बनाउने प्रतिवद्धता जनाउँदै नियामक निकाय, नेपाल सरकार, बीमित र कर्मचारी सबैमा आभार व्यक्त गरेका छन् । आगामी दिनमा अझै सरल र छरितो सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

२० वर्ष अघि आजैका दिनबाट औपचारिक रूपमा कारोबार शुरू गरेको कम्पनी आज देशकै सबैभन्दा अग्रणी निर्जीवन बीमा कम्पनीको रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको छोटो समयमै आम जनमानसमा सरल बीमा सेवा प्रवाह गर्ने र बीमितलाई दाबी भुक्तानी दिँदा कुनै सम्झौता नगरी तत्कालै भुक्तानी गर्ने बिशेष प्रकारको छाप छोड्न सफल भएको छ ।
१० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल २ अर्ब ६५ करोडको चुक्ता पुँजी रहनुका साथै ७ अर्ब ६५ करोड भन्दा बढी नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवद्र्धित बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ ।

चुक्ता पुँजी, नेटवर्थ, शाखा संजाल, कर्मचारी संख्या, बीमा शुल्क आम्दानी तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सूचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीभन्दा उत्कृष्ट रहँदै आएको छ । स्थापनाको २० वर्षको अवधिमा शिखर इन्स्योरेन्सले नगद लाभांश तथा बोनस शेयर गरी करिब २९० प्रतिशत प्रतिफल आफ्ना शेयरधनीहरूलाई वितरण गर्न सफल भएको छ । कम्पनीले हालसम्म २० अर्बभन्दा बढी दाबी भुक्तानी गरेर नेपाली व्यवसायीहरूको जोखिम न्यूनिकरण गर्न सफल भएको छ ।

नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले हिमाली क्षेत्रमा पहिलो पटक मौषममा आधारित स्याऊ बीमा गरेर किसानहरुलाई राहत समेत प्रदान गरेको छ । त्यस्तै, कम्पनीले चितवनमा गरेको केरा बीमा समेत उत्कृष्ट र नमुना बीमाको रूपमा परिचित छ ।

२०६१ साल जेठ १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको शिखर इन्स्योरेन्स कम्पनीले २०६१ साल कार्तिक २६ गते बीमा समितिबाट निर्जीवन बीमा सेवा प्रवाह गर्ने लाईसेन्स पाएको थियो । बीमा समितिबाट लाईसेन्स पाएको एक साताभित्रै अर्थात् मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुरू गरेको थियो ।

मौसमी सूचकांक बीमालेख मार्फत् दुर्गम भेगका किसानलाई भएको जोखिम तथा क्षतिको बीमा सुरक्षण प्रदान गरेकै कारण बेलायतको प्रख्यात युके एडबाट सन् २०१९ मा ५०,००० पाउण्डस्ट्रलिङ सहितको पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो ।

नेपालमा आईआर इक्राबाट ए प्लस रेटिङ पाएको शिखर इन्योन्स देशकै गर्व गर्न लायक कम्पनी बन्न सफल भएको छ । हालै गएको बाढी पहिरो पीडितहरूलाई अग्रिम दाबी भुक्तानी दिएर प्रख्याती कमाएको कम्पनीले बीमा दाबीलाई बैंकबाट आफ्नो बचत निकाले जस्तै बनाउनु पर्छ भन्दै वकालत गर्दै आइरहेको छ ।

नेपाल सरकारबाट आर्थिक बर्ष २०७१।०७२ मा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे नेपाल सरकारले प्रबल जनसेवाश्रीबाट विभूषित भइसकेका छन् ।

२० औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले सफलतामा साथ तथा योगदान प्रदान गरेका कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयर, शेयरधनीहरू, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियमनकारी निकायहरूमा शिखर इन्स्योरेन्स परिवारले धन्यवाद ज्ञापन समेत गरेको छ ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३४

  काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ...

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २०...

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:२८

  काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा आफ्ना...

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित भिभो एक्स३०० प्रो नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०७

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो...

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI ‘खुशी’

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०३

डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई,...