Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अभियानको खाँचो

kumari  bank

काठमाडौं । सडक सवारी पीडितका सम्झनाको लागि विश्व दिवसको अवसरमा काठमाडौंमा आइतवार एक अन्तरक्रियाको आयोजना गरियो । कार्यक्रमका वक्ताहरुले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अभियानको खाँचो भएको भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पद्मकन्या क्याम्पसले आयोजना गरेको सो कार्यक्रममा सडक सुरक्षा विज्ञ भगवती सेढाईंले सडक सुरक्षा संवेदनशील विषय भए पनि प्राथमिकतामा नपर्नु दुखको कुरा भएको बताइन् । सडक सुरक्षा र दुर्घटनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले विश्वभरि बर्षेनी ११ लाख भन्दा बढी मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको जानकारी दिइन् ।

नेपाल लगायत अल्पविकसित र विकासशील देशहरुमा सडक दुर्घटनाको समस्या झनै विकराल रहेकाले दुर्घटना कम गर्नेतर्फ संस्थागत पहल हुनुपर्ने उनको भनाइ थियो । सेढाईंका अनुसार नेपालमा मात्रै सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ हजारको हाराहारीमा छ ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक हुमानन्द खनालले सडक दुर्घटना कम गर्न ट्राफिक नियमको पालनामा जोड दिए । पूर्ण रुपमा दुर्घटना रोक्न नसकेपनि सबैले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनीकरण हुने र विद्यालयको पाठ्यक्रममै सडक सुरक्षाको बिषयलाई समेट्नुपर्ने उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिका यातायात तथा सडक सुरक्षा विभागका सल्लाहकार जगतमान श्रेष्ठले दुर्घटना कम गर्न सडक सुरक्षा र ट्राफिक नियमको बारेमा संवेदनशील रहेको र आवश्यक सहकार्यका लागि तयार रहेको बताए ।

पद्मकन्या क्याम्पसका सहायक प्रमुख बिमला नेपाले सडक दुर्घटना भयावह रहेको भन्दै आफूहरुले त्यसको न्यूनीकरणका लागि सम्वन्धित निकायहरुसंग सहकार्य गर्न चाहेको बताइन् ।

कार्यक्रममा सडक दुर्घटना पीडित परिवारका सदस्यहरु हेरम्बराज पन्त, एन्लिा न्यौपाने लगायतको पनि उपस्थिति थियो । उनीहरुले यो विषयलाई साझा मुद्दाका रुपमा अघि बढाउन सुझाव दिएका थिए ।

हरेक बर्ष नोभेम्बर महिनाको तेश्रो आइतवार सडक सवारी पीडितका संझनाका लागि विश्व दिवसको रुपमा मनाइने गरिन्छ ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...