CG Electronics
IME Life
NIMB

सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अभियानको खाँचो

NIMB
Himalayan Bank

काठमाडौं । सडक सवारी पीडितका सम्झनाको लागि विश्व दिवसको अवसरमा काठमाडौंमा आइतवार एक अन्तरक्रियाको आयोजना गरियो । कार्यक्रमका वक्ताहरुले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अभियानको खाँचो भएको भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पद्मकन्या क्याम्पसले आयोजना गरेको सो कार्यक्रममा सडक सुरक्षा विज्ञ भगवती सेढाईंले सडक सुरक्षा संवेदनशील विषय भए पनि प्राथमिकतामा नपर्नु दुखको कुरा भएको बताइन् । सडक सुरक्षा र दुर्घटनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले विश्वभरि बर्षेनी ११ लाख भन्दा बढी मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको जानकारी दिइन् ।

नेपाल लगायत अल्पविकसित र विकासशील देशहरुमा सडक दुर्घटनाको समस्या झनै विकराल रहेकाले दुर्घटना कम गर्नेतर्फ संस्थागत पहल हुनुपर्ने उनको भनाइ थियो । सेढाईंका अनुसार नेपालमा मात्रै सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ हजारको हाराहारीमा छ ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक हुमानन्द खनालले सडक दुर्घटना कम गर्न ट्राफिक नियमको पालनामा जोड दिए । पूर्ण रुपमा दुर्घटना रोक्न नसकेपनि सबैले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनीकरण हुने र विद्यालयको पाठ्यक्रममै सडक सुरक्षाको बिषयलाई समेट्नुपर्ने उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिका यातायात तथा सडक सुरक्षा विभागका सल्लाहकार जगतमान श्रेष्ठले दुर्घटना कम गर्न सडक सुरक्षा र ट्राफिक नियमको बारेमा संवेदनशील रहेको र आवश्यक सहकार्यका लागि तयार रहेको बताए ।

पद्मकन्या क्याम्पसका सहायक प्रमुख बिमला नेपाले सडक दुर्घटना भयावह रहेको भन्दै आफूहरुले त्यसको न्यूनीकरणका लागि सम्वन्धित निकायहरुसंग सहकार्य गर्न चाहेको बताइन् ।

कार्यक्रममा सडक दुर्घटना पीडित परिवारका सदस्यहरु हेरम्बराज पन्त, एन्लिा न्यौपाने लगायतको पनि उपस्थिति थियो । उनीहरुले यो विषयलाई साझा मुद्दाका रुपमा अघि बढाउन सुझाव दिएका थिए ।

हरेक बर्ष नोभेम्बर महिनाको तेश्रो आइतवार सडक सवारी पीडितका संझनाका लागि विश्व दिवसको रुपमा मनाइने गरिन्छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...