CG Electronics
IME Life
NIMB

लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सुश्री सनम मुलगुठीसँग सहकार्य गरेको छ।

राष्ट्रिय प्रेरणाको स्रोत तथा १५औं वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले आफ्नो अतुलनीय समर्पण र लगनशीलता यस सहकार्यमार्फत ल्याउने अपेक्षा गरिएको छ।

 

नेपालको विद्युतीय उत्पादन क्षेत्रमा विश्वास, नवीनता र शक्तिको पर्याय बनेको लिट्मस केबल्सले नेपाली फिटनेस तथा बडीबिल्डिङको क्षेत्रलाई नयाँ उचाइ प्रदान गर्ने सनमसँग हात मिलाउँदै सम्पूर्ण नेपालीलाई व्यक्तिगत विकास र सबल र उज्यालो नेपाल निर्माणमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ। यो सहकार्य दृढता र प्रगतिको लागि समर्पित दुई शक्तिहरूको एकता पनि हो।

 

लिट्मस इन्डस्ट्रीजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले भने, “सनमको अटल समर्पणजस्तै हामीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको आधार निर्माण गरेका छन् र तिनलाई प्रमाणित पनि गरेका छन्। उहाँको अद्भुत यात्रा र परिचय दृढता, अनुशासन, लगन र निरन्तर मेहनतको सशक्त उदाहरण हो लिट्मसलाई परिभाषित गर्ने मूल्य मान्यताहरू पनि यिनै विशेष गुण हुन्।”

 

आफ्ना उपलब्धिहरूबाट धेरैलाई प्रेरित गर्दै आइरहेकी सनमले आफ्नो उत्साह व्यक्त गर्दै भने, “लिट्मस इन्डस्ट्रीजसँग सहकार्य गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो। यो सहकार्यले मलाई विश्वास दिलाउँछ कि बल, विश्वास र दृढताको साथ, हामी ठूला उपलब्धिहरू हासिल गर्न सक्छौं। म अझ धेरैलाई ठूलो सपना देख्न र आफ्नो क्षमतामा विश्वास गर्न प्रेरित गर्न उत्सुक छु, जसरी लिट्मस केबल्सले नेपालको विद्युतीकरण र विकासलाई ऊर्जा प्रदान गरिरहेको छ।”

 

सुश्री सनम मुलगुठीका हालैका उपलब्धिहरू :
१. १५ औं वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ मा रजत पदक,
२. नेपालमा आयोजित ५५ औं एशियन बडीबिल्डिङ च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक,

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...