CG Electronics
IME Life
NIMB

आशिषलाई प्रश्न  : ‘पूर्ण वहादुरको सारङ्गी’कि ‘रैया चाँदीको’ हिट ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 ‘रैया चाँदीको’ हिट भएपछि लोकगीतको महत्व बुझ्दैछु
‘रैया चाँदीको’ गीत हेरेकाहरु फिल्म हलसम्म पुग्न उत्साहित छन्
बर्षौं संगीतमा हराएँ, अब स्टेजमा उत्रिनुपर्ने दबाबमा छु

 

काठमाडौं । म वाग्लुङको गल्कोट नगरपापालिका–७ मा जन्मेको हुँ । मेरो बाल्यकाल गाउँमा नै वित्यो । १० कक्षासम्म गाउँमा नै पढें । स्कुल पढ्दादेखि नै संगीतमा रुचि राख्थें । स्थानीय क्लवहरुमा बसेर चारपाँच वर्ष सांगीतिक गतिविधिहरु गरेर विताए । गाउँमा गाउने, नाच्ने र बजाउने व्यक्ति भनेर सबैले चिनेका थिए ।

पछि कलेज पढ्न आउँदा धेरै नै संघर्ष गर्नुपर्यो । बाग्लुङ सदरमुकाममा पढ्न आउन खोज्दा बुबाले दिनुभएको थिएन तर आए । कारण आर्थिक अवस्था थियो । बुबाले गाउँमै पढ् भन्नुभएको थियो । तर नमानेर बाग्लुङ आएको हुँ ।

बाग्लुङमा संगीत पढ्ने ठाउँ थिएन । त्यसैले पोखरा जाने निधो गरें । त्यहाँ पनि खासै राम्रो हुँदैन भनेर साथीहरुले सुझाव दिएपछि २०५७ सालमा काठमाडौं आएको हुँ । काठमाडौं उत्रिएपछि लगातार ०६२–६३ कठोर संघर्ष गरे । सोही सिलसिलामा ‘वास्ना’ भन्ने एल्बम निकालें । त्यसमा संगीत र संगीत संयोजनको जिम्मेवारी निर्वाह गरें । त्यही नै सांगीतिक यात्रामा टेकाउने खुड्किलो भयो ।

अहिले ‘पूर्ण वहादुरको सारङ्गी’मा समेटिएको भाइरल गीत ‘रैया चाँदी’ले मलाई थप उत्साहित बनाएको छ । स्रोता–दर्शकहरुले हौसला दिइरहनु भएको छ । दोहोरी फरम्याटमा भएका कारणले मंैले पनि नयाँ प्रकारको आभास गरिरहेको छु । लोकगीतलाई माया गर्ने स्रोताहरु अझै फरक एवम पृथक हुने रहेछन् भन्ने कुरा यो गीत बजारमा आइसकेपछि अनुभुत भइरहेको छ ।

हुन त मैंले धेरै लोकगीतहरु गाएको छु । तर यसबाट स्रोताहरुले मलाई जति माया गरिरहनुभएको छ यसबाट मैंले लोक गीतको महत्व कति रहेछ भन्ने थप बुझ्ने र महसुश गर्ने मौका पाइरहेको छु । हुनत लोक गीतहरुका बारेमा कन्ट्रोभर्सी भइरहेको हुन्छ । यसको बुझाइ र काम गराइका कारण पनि यस्तो हुने गर्छ ।

कतिपय भाकाहरु अलरेडि रेडियो खोल्दादेखि नै रेकर्डिङ हुन थाले । भाकाहरु बजारमा आइसकेकै हुन्थे । रेडियोमा आएका भाकाहरु यतिबेला पुनःनिर्माण भइरहेका छन् । रिमिक गर्दा गीत फलानोको जस्तो भयो, पहिलाको जस्तो भयो भनेर भन्ने गरिन्छ ।

केही संगीतका पारखीहरुले र र आफूलाई समालोचक भन्न रुचाउनेहरुले बढी नै क्रिटिसाइज गर्दा हाम्रो मौलिकता हराउँदै गइरहेको जस्तो लाग्छ । रैयाँ चाँदीको गीत निकै मैलिक तरिकाले बजारमा आएको हो । लोकदोहोरीको जुन मिटर हुन्छ त्यहीँ मिटरमा गीत आएको हो ।

भाका नयाँ बनाउँछु भन्दा पनि लोकगीतहरुको पञ्चिङ मर्दै गएको देखिन्छ । लोकगीत भनेको माटोको सुगन्ध हो । यहाँका चराचुरुङगीहरुको चिरबिराट हो । र यहाँको मान्छेहरुका लागि इन्द्रेणी महशुस गर्ने भाका हो । यसमा मौलिकता बढी र कपी भनेर उस्तै त ल्याउन मिलेन नि ।

कुनैपनि चिजको एउटा रिफरेन्स दिँदाखेरी अथवा गीतको रिफरेन्स दिनको लागि त कुनै कलखण्डमा पुग्नैपर्छ । त्यो कालखण्डमा कस्ता कस्ता गीतहरु बने त ? भन्ने कुरा चाँही हुन्छ । यस्तै ‘रैया चाँदी’ जस्तै फ्लेबरमा गीतहरु धेरै छन् ।

यही फ्लेबरमा यही मिटर र यस्तै पनको गीत बनाउँदा त्यसको सक्कल सबै त्यही गीतसँग मिलेको हुँदैन । जसरी बाबुसँग छोराको अनुहार मिल्छ लगभग त्यसरी नै लोकगीतसँग अन्य लोकगीतको अनुहार मिल्छ । मिलेन भने त्यो बाबुको छोरा नि भएन । र मिलेन भने त्यो लोकगीत अर्को लोकगीत नै भएन । तर त्यसको मिटर, उठान, पठान केही मात्रामा मात्र मिलेको हुन्छ ।

यसरी नजानेका कुराहरुमा धेरै कुरा राख्ने बानीले पुष्टि गर्न गार्हो छ । त्यसैले कसैलाई सस्तो तरिकाले आरोप लगाउनु राम्रो होइन । नेपालमा अलि आफूले नजानेको विषयमा पनि विचार राख्दा वढि समस्या आउने गरेको छ । । चोरको लान्छना त मैले खेपे नि त, तर चोरी होकि होइन,अभियुक्त लगाउन पो सजिलो पुष्टि गर्न त अप्ठ्यारो छ नि । हचुवाको भरमा कसैलाई आरोप लगाउनु सजिलो छ, पुष्टि गर्न गार्हो पर्छ ।

मैंले विशेषगरी लोकदोहोरीको पछिल्लो धारको म्यूजिक एरेन्जमेन्टलाई एउटा नयाँ आकार दिने गरेको छु । लेखक नवराज पन्तले त्यसै सन्दर्भमा नयाँ भाका बनाएर गाउनका लागि गर्नुभएको आग्रहलाई मैंले स्वीकार गरेको हुँ । मलाई चाँही त्यति हिम्मत थिएन । लोकदोहोरी फर्क्याटमा त्यति धेरै कम्फर्टेवल थिइन् । मलाई त्यसको अनुभव छैन् जस्तो लाग्छ । उहाँको अनुरोधमै मैले कम्पोज गरेको हुँ ।

कम्पोज, लय, भाका राम्रो बन्यो भन्ने लाग्यो । एक डेढ वर्ष भयो रैया चाँदीको तयार भएको । यो गीत ४० बर्ष पहिलेको फ्लेबलमा बनाएका हौं । तर फिल्ममा पनि त्यही नै चाहिएको रहेछ । चारपाँच दिनकै छोटो समयमा गीत तयार भएको हो । मैंले पनि रातारात मेहेनत गरें । पहिला पनि बनिसकेको भएर रिसेट गर्नलाई गार्हो भएन ।

गीत तयार हुँदैगर्दा मेलिना राई आएर गाउनुभयो । उहाँले गाइसकेपछि मलाई निकै राम्रो बनेको मशसुस भयो । अनि मैले गाएको हुँ । त्यसपछि प्रोडयुसरहरुलाई देखाएपछि थोरै मिलाएर उहाँहरु सुटमा जानुभयो । मलाई त्यसपछि सुटबाट नै फोन आउ थाल्यो । गीत असाध्यै राम्रो बनेछ, भयंकर राम्रो हुन्छ भनेर बधाई दिनुभयो । गीत रिलिज भयो तर हिट नहुँदै धेरैले बधाई दिनुभयो ।

स्पेसल सो को दिन, त्यहाँ फिल्म अलि सुस्ताउने हो कि जस्तो महशुस भएको थियो । तर रैया चाँदीको भाइरल भएपछि हलसम्म फिल्म चल्नुमा यसको प्रमुख कारण छ भन्नुभयो ।

यो त उहाँको महानता हो । तर मलाई लाग्छ यसको पनि हात चाहीं छ । गीतले दर्शकलाई फिल्म हेर्नको लागि केही मात्रामा तानेकै छ । सबै कुरामा पूर्ण बहादुरको सारङ्गी राम्रो छ । क्यारेक्टरहरुमा पनि डुबेरै अभिनय भएको छ । त्यही कारणले पनि मैंले सारङ्गीको टिमसँग गीत गाएर हातमा हात मिलाएको महशुस गरेको छु ।

हुनत मलाई मेरा हरेक सृजनाहरुको उत्तिकै माया लाग्छ । कुनै चल्छन् कुनै चल्दैनन् त्यो अलग कुरा हो । ‘फूलै फूल दिन्छौं कि’ भन्ने गीत मंैले आज भन्दा १२ –१५ वर्ष अगाडि शिव परियार दाइको आवाजमा रेकर्ड गराए । त्यतिबेला चाईचुई केही चलेन । तर डेढ वर्ष पहिला भाइरल भयो । त्यसपछि फेरि रिमेक गरेर पनि निकाल्यौं ।

 

त्यतिबेला यो त चलेन भनेर हुँदैन् । त्यसैले हरेक सृजना विशेष नै हुन्छन । हरेकका सन्तान विशेष हुन्छन । तर कोही अलिकती कमजोर पनि जन्मन्छन् । कोही अलि राम्रो पनि जन्मन्छन् । गीत र सन्तान राम्रो नै जन्माउँछु भनेर नहुँदो रहेछ ।

तर यतिबेला गीत रेर्कर्डिङको संख्या घटेको छ । गीत निर्माण प्रक्रिया पनि कम हुँदै गएको छ । तर गीतमा लगानी धेरै बढ्दै गइरहेको छ । एउटा गीतमा लगानी धेरै हुने भएकाले फिल्ममा पनि धेरै गीतहरु समावेश हुन छाडेका छन् ।

त्यस्तै अहिले कलाकारहरु पनि औंलामा गन्न सकिनेहरु मात्र राम्रो होलान । धेरैलाई चाहीं गार्हो भइरहेको छ । पछिल्लो समयमा एउटा सुखद कुरा के भने जसको गीत चलेको छ त्यो गुणस्तका कारण नै चलेको छ । कसैको गीत हिट भइरहेको छ भने त्यसको शब्द, स्वर, रेकर्डिङ र भिडियो मेकिङका हिसाबले हिट भइरहेको छ ।

पहिले पहिले जसको प्रविधिमा र मिडियामा पहुँच थियो त्यसलाई कामहरु बढी आउने हुन्थ्यो । तर हिजोआज समय र परिस्थिति बदलिदै गएको छ । अहिले चलेका गीतहरु सबै राम्रो भए नै चलेका छन् । त्यो चाँही सुखद पक्ष हो । यसको मतलब राम्रो कलाकार मात्र अगाडि आउन पाए । जसका कारण संगीतको गुणस्तरलाई राम्रो बनाइरहेको छ । तर केही कलाकारलाई चाँही कठिनाइ भइरहेको र कलाकारहरु पलायन हुने लहर बढेको छ ।

चारपाँच वटा गीत गर्दा बल्ल एउटा चल्छ । त्यो सन्तुलन हुन सकेको छैन् । अर्को कुरा हाम्रोमा राम्रो कन्सर्ट हुने, राम्रो कार्यक्रमको आयोजना हुने र कलाकारले राम्रो पारिश्रमिक पाउने वातावरण बनिसकेको छैन् । कलाकारहरु वा हिरो–हिरोइन सबैलाई लामो समय चल्न कठिनाइ नै हुन्छ । राम्रो पारिश्रमिक पाउने हो भनेसमयको सेरोफेरोमा उसको राम्रो सेटअप हुन सक्छ ।

हाम्रो जस्तो सानो देशमा राज्यको कलाकारहरुलाई कसरी प्रोत्साहन गर्ने भन्ने विशेष किसिमको नीति हुन आवश्यक छ । किनकी राज्यका जनतालाई कलाकारले मनोरञ्जन त दिएका छन् नि । त्यो बापत राज्यले कतिपय सिस्टम बनाउन नसकेको कारण राम्रो पारिश्रमिक पाएको छैन् । त्यसैले विशेषगरी राज्यले राम्रो नीति बनाउन जरुरी छ । र कलाकारहरुलाई विशेष खालको व्यस्था राज्यले गर्न जरुरी छ । ता कि मानिसलाई कलाकारितामा लाग्न हौसला मिलोस् ।

मेरो कुरा गर्नुपर्दा विशेषगरी म गायक नै बन्न आएको हुँ । र म अहिले गायककै रुपमा स्थापित भइरहेको छु । दर्शक स्रोताहरुले सायद तैंले गाउनुपर्छ है भनेर नै मलाई बढि प्रोत्साहित गर्नुभएको छ । यसलाई आत्मसाथ गरेर संगीतकर्म गरिरहेको छु । गायक गायिकाहरुको लागि मैले गीत बनाउने कर्म भने जारी नै रहने छ । यद्यपी, मेरो प्रयास अब गायनमै हुनेछ । र देश विदेशका सो हरुमा देखिने छु ।

(चर्चित फिल्म ‘पूर्ण वहादुरको सारङ्गी’मा समेटिएको ‘रैया चाँदीको’गीतका गायक आशिष अविरलसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...