Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सबै धर्मकाटालाई डिजिटल बनाउने तयारीमा ट्रक महासंघ

 

 

धादिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिबेशी नगरपालिकाका मेयर बाल कृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा एक कार्यक्रमका बीच धार्केको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।

धर्मकाटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताए । उनले डिजिटलाइजेशनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने बताए।

देशभरका धर्मकाटालाई डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । हाल देशभर २१ वटा धर्मकाटा संचालनमा छन्। महासंघका अनुसार ती सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ। डिजिटलाइजेशनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ।

मन्त्री दाहालले शुभारम्भ कार्यक्रममा डिजिटल धर्मकाटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, यस कदमले व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने बताए।

धर्मकाटाको डिजिटलाइजेशनले सडक संरचनाको दीर्घकालीन संरक्षणमा मद्दत पुर्‍याउने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक बिग्रिने समस्या कम गर्ने अपेक्षा महासंघको छ । महासंघले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ।

दुर्घटना न्युनिकरणदेखि नियमनकारी निकायहरू ट्राफिक प्रहरी , यातायात व्यवस्था विभाग र व्यवसायीहरूलाई आफ्नो सवारी साधनले के कति भार वहन गरेको छ भन्ने विषयमा समेत जानकारी दिने महासचिव बानिँयाले जानकारी दिए ।

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

वि.सं.२०८२ असार ६ शुक्रवार १४:५६

  काठमाडौं । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ...

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड...

वि.सं.२०८२ असार १ आइतवार १८:५७

  काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही...

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित...

वि.सं.२०८२ जेठ २८ बुधवार १७:४३

    काठमाण्डौ- २८ जेठ २०८२- नेपालमा भर्खर भित्रिएको पिकअप...

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १०...

वि.सं.२०८२ जेठ १९ सोमवार २३:३३

  काठमाडौं । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह...

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने, २०० भन्दी बढीकाे सहभागिता रहने

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ...

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०८:२३

  काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल...

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल...

वि.सं.२०८२ जेठ १५ बिहीवार २१:३६

  काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति...