Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्न भएको छ ।

कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेला बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका हुन् । बाइडेनको अनुमति पछि रुसले कडा प्रतिक्रिया भने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमा लामो दूरीको क्षेप्यास्त प्रहार भएमा ‘उपयुक्त र ठोस कदम’ चाल्ने प्रतिक्रिया दिएको हो । रूसले अमेरिकी कदमलाई ‘आगोमा घ्यु थप्ने’ काम भएको टिप्पणी गरेको छ ।

विदेश मन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूसविरुद्धको युद्धमा प्रत्यक्ष संलग्नता’ हुने पनि बताएको छ । राष्ट्रपति जो बाइडेनले रूसमा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिँदा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केही खुलेको छन । ट्रम्पले आफ्नो चुनावी अभियानमै रूस–युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए ।

यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्ध लगाएका थिए । रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिन पुगेका बेला बाइडेनको निर्णय आएको हो ।

युद्धको क्रममा रूसले युक्रेनी ऊर्जा संरचनाहरूमा तीव्र आक्रमण गर्दै ब्ल्याकआउट र जनधनको क्षति पु¥याएको छ । ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएको बीबीसीले लेखेको छ ।

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...