Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार विहान पक्राउ परेका छन् । केही घन्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक संजालमा दिएका थिए ।

प्रहरीको सीआईबीको उनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंले केही घन्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै फेसबुकमा पोष्ट गरेका थिए । फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप आरोप छ।

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए ।
पक्राउ पर्नुअघि प्रसाईंले ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै लामो स्टाटस लेखेका छन् ।

स्टाटसमा भनिएको छ–‘हिँजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे संगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ । मलाई साईवर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु ।

देशभक्त सम्पुर्ण नागरिकहरु, राष्ट्रवादि राजनितिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकिकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरु हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् ।

राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...