CG Electronics
IME Life
NIMB

बीवाईडीद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड(NEV)उत्पादन

NIMB
Himalayan Bank

 

 

काठमाडौं । विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन (NEV) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड(NEV)गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा अझ बलियो बनाएको छ।

कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष श्री वाङ चुआनफुले प्रमुख मन्तव्य दिंदै कम्पनीले तय गरेको यात्रा सम्झिए। उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भइ आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे। वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ।

१ करोड नयाँ उर्जा सवारीसाधन (NEV) उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो। यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ। कम्पनीले पहिलो ५० लाख(NEV)उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन (NEV) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।

 

१ करोड गाडी, डेन्जा जेठनाईन्, गेम साइन्सका संस्थापक एवम्सीइओ तथा चर्चित खेल ’ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा श्री फेङ जीलाई प्रदान गरियो। वाङले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए। उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको टिप्पणी दिए। उनले भने, ‘बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।’

बीवाईडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारीहरू र कर्मचारीहरू सँग अन्तर्वार्ता गरेका छन्। यी जानकारीहरू ‘द सोल अफ इन्जिनियरस’ नामक पुस्तकमा संकलित छ।

भविष्यतर्फ हेर्दै वाङले बीवाईडीको रणनीतिक रोडम्याप प्रस्तुत गरे। बीवाईडीका आधारभूत मार्गनिर्देशको परिचय दिए। यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ। यस संरचनाले भविष्यमा बीवाईडीको निरन्तर वृद्धि र इनोभेसनलाई मार्गदर्शन गर्नेछ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...