CG Electronics
IME Life
NIMB

नक्साल नन्दीकेशर बगैँचामा वुमेन अफ द वर्ल्डको सातौँ संस्करण आयोजना हुँदै

NIMB
Himalayan Bank

काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड (वाउ), को सातौँ संस्करण आयोजना हुँदैछ । महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गि उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ ।

यसका लागि ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा सम्मलेन आयोजना गर्न लागेको हो । यसमा नेपाली र बेलायती साझेदारी छ । यस्ता कार्यक्रमहरु सामान्यतया बन्द कोठाभित्र हुने गरेका छन् । यसलाई खुला र सबैको पहुँचमा लैजान बगैँचामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्मेलन, समानता र लैङ्गिकता बारे आपसी र सिकाइ आदानप्रदान गर्ने सार्वजनिक मञ्च हो । १० हजार वढी व्यक्ति व्यक्तिहरुको सहभागिता हुने अपेक्षा गरिएको महोत्सव प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले राजनीतिक प्रतिनिधित्व गर्नुहुनेछ । कथा घेरा थिएटर, कर्णाली कला केन्द्रसहित गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, रचना दाहाल, गौमाया गुरुङ् सहित २ सयभन्दा धेरै महिला कलाकार सहभागी हुनुहुनेछ । त्यहाँ उहाँहरुको प्रस्तुति पनि हुनेछ ।

२ दिन चल्ने महोत्सवमा विहान योग बक्सिङ् हुनेछ । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरु, प्रदर्शनी, स्थानीय उत्पादन तथा खानाको विक्री, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा अल्पसंख्यक कलाकार तथा वक्ताहरुलाई समावेशी तथा लैङ्गिक क्षेत्रमा गरेका कामका विषयमा जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ ।

 

यहाँ सहभागी महिलाहरुले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । यो राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका काम गरिरहेका महिलाहरुले आफ्ना क्षेत्रका अनुभव बाँड्ने अवसर पनि हो ।
यसरी चल्ने सत्रहरुमा जलवायु परिवर्तन, खेलकुद, आमसञ्चारलगायत विभिन्न पेशामा महिलाको भूमिका र पहिचानका विषय समेटिनेछन् । लैङ्गिक मुद्दामा महिला र बालिकाहरुको क्षमता वृद्धि गर्ने महिला नेतृत्वमा प्राप्त महत्वपूर्ण उपलब्धी र उपलब्धि हासिल गर्दाका प्रयत्नका विषयमा उत्प्रेरणात्मक सत्र चल्नेछन् ।

‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले व्रिटिस काउन्सिलसँग गएको वैशाख १० गते समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्मेलनपछि लैङ्गिक संवेदनशीलताका विषयमा सचेतना र जागरुकता बढाउन २ सय जनालाई सिप प्रदान गर्ने कार्यक्रम सञ्चालन हुनेछ ।

 

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...