Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पशुअधिकारका लागि काठमाडौँको सिटी सेन्टरमा भिगन ग्यालरी

Machhapuchchhre Bank Limited

काठमाडौं । विश्व भिगन महिनाको सन्दर्भमा काठमाडौँमा शनिवार ‘नेपाल भिगन ग्यालरी’ कार्यक्रम सम्पन्न भएको छ। पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ। भिगनहरू मासुमात्र होइन, दहीदुध घिउ र पनिरसमेत खाँदैनन्।

 

वातावरण, स्वास्थ्य र पशुप्रति दयाका कारण युवामाझ भिगन जीवनशैली बढ्दो छ। काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजत सो कार्यक्रम ‘काठमाडौँ एनिमल सेभ’ले आयोजना गरेको हो।

 

पशुहिंसा रोक्न आह्वान गरिएका चित्रहरू तथा भिगन फुडस्टल र सांगितिक प्रस्तुती शनिवार आयोजित कार्यक्रममा मुख्य आकर्षण थिए। खानामध्ये गहुँ र अन्य पनस्पति स्रोतहरू प्रयोग गरेर बनाइएको सेइटान र भटमासको दुधबाट बनेको चिया सहभागीहरूले धेरै रूचाएको देखियो। झण्डै मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्प हो सेइटान। भटमासको दुध पछिल्लो समय युरोप अमेरिकामा परम्परागत गाईको-दुधको विकल्पमा रूचाइएको छ।

 

कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे प्यानल डिस्कसनसमेत रहेको थियो। जसमा भिगन कल्याण सिलवाल, सामु योन्जन र अनिश तुलाधरले आफ्ना धारणा राख्दै सहभागी तथा सर्वसाधारणले राखेका प्रश्नको उत्तर दिएका थिए।

 

योन्जनले आफूहरूले कमाउने भन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताइन्। सिलवाले खाना र स्वादमा अझै निखार ल्याउन सक्दा भिगन खानाप्रति मान्छेको रूची झनै बढ्ने बताए। तुलाधरले आफूले खानाको व्यवसायलाई जीवनशैलीसँग जोडेको बताउँदै विशुद्ध अहिंसा र सेवाभावले संचालन गरेको बताए।

 

कार्यक्रममा पूर्व तुम्बाको ‘लब्रेकुटीमा शाकाहारी कुकुर’ कविता संग्रह र घनश्याम खड्काको सेल्फहेल्प पुस्तक ‘आनन्द संहिता’ वाचन कार्यक्रम पनि थियो।

 

राससलाई प्रतिक्रिया दिँदै काठमाडौँ एनिमल सेभकी शोभा भुजेलले गत सालभन्दा यो कार्यक्रम बढी प्रभावकारी भएको बताइन्। ‘पशु व्यवसायमा जनावरमाथि हुने अन्याय र अपराधका कारण नयाँ पुस्ताहरू भिगन जीवनशैली अपनाउन थालेका छन्। खासगरी नयाँ पुस्ताले प्रेरणा पाउन् भनेर नै यो कार्यक्रम गरिएको हो।’

 

विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवर्द्धनको लागि कार्यक्रममा ‘ओम्निभोर’ जीवन अपनाउनेहरूले पनि चाख दिएर अवलोकन गरेका थिए। तिनैमध्ये काठमाडौँ कोटेश्वरकी सुस्मिता लामाले भनिन्, “पशुमाथि अत्याचार भइरहेको छ। यो ठीक छैन। यहाँका चित्र र कुरा सुनेपछि मेरो मन भारी भयो। म अब मासु खान्न होला।”

 

काठमाडौँ एनिमल सेभले वर्षैभरी विभिन्न कार्यक्रम गर्दै पशुअधिकार, अहिसा र भिगन जीवनशैलीको प्रवर्द्धन गर्ने गरेको छ।

 

 

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...