CG Electronics
IME Life
NIMB

सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरीय करदाता कार्यालयले सम्मान गरेको छ ।

मध्यमस्तरीय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेकी हुन् ।

 

सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदिन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा, बक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधाबारे छलफल भएको थियो ।

 

सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टन्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तव्य पनि हो र सबै जनाले पारदर्शी रूपमा कर तिरेर समृद्ध नेपाल बनाउन सहयोग गर्न आग्रह गरे ।

मध्यमस्तरीय करदाता कार्यलयले व्यवसायमैत्री सम्बन्धमा साथ काम गरेकोमा उनले धन्यवाद समेत दिए ।

मध्यमस्तरीय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरू मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।

कम्पनीलाई १ मंसिरमा राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको थियो ।

कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

 

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत...

वि.सं.२०८३ जेठ ३ आइतवार २०:१८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...