Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

Machhapuchchhre Bank Limited

काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरीय करदाता कार्यालयले सम्मान गरेको छ ।

मध्यमस्तरीय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेकी हुन् ।

 

सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदिन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा, बक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधाबारे छलफल भएको थियो ।

 

सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टन्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तव्य पनि हो र सबै जनाले पारदर्शी रूपमा कर तिरेर समृद्ध नेपाल बनाउन सहयोग गर्न आग्रह गरे ।

मध्यमस्तरीय करदाता कार्यलयले व्यवसायमैत्री सम्बन्धमा साथ काम गरेकोमा उनले धन्यवाद समेत दिए ।

मध्यमस्तरीय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरू मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।

कम्पनीलाई १ मंसिरमा राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको थियो ।

कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

 

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

वि.सं.२०८१ चैत ४ सोमवार २२:५५

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा...

नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण सभा सम्पन्न

नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण...

वि.सं.२०८१ चैत ४ सोमवार ०८:४७

  काठमान्डाै। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सात स्थित नबदुर्गा...

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग ३० प्रतिशतले बृद्धि

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग...

वि.सं.२०८१ फागुन २९ बिहीवार २०:४०

  काठमाडौं । दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू...

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा...

वि.सं.२०८१ फागुन २५ आइतवार २१:५२

  काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण...

सामसङले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक

सामसङले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार २१:०८

  काठमाडौं । गर्मीको मौसमलाई ध्यानमा राख्दै सामसङले नयाँ बिस्पोक...

Pradip Pariyar Appointed to World Economic Forum’s Global Future Council on Leadership

Pradip Pariyar Appointed to World Economic Forum’s...

वि.सं.२०८१ फागुन १८ आइतवार २०:३३

  Kathmandu. Dalit rights activist Pradip Pariyar has been appointed...