CG Electronics
IME Life
NIMB

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

NIMB
Himalayan Bank

 

काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नव नियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए । उनले भने, ‘ठूलो जिम्मेवारीकोसाथ आएको छु ।

चुनौतीहरुको थुप्रो छ । नेतृत्वको अभावमा अड्केका कामहरु पनि त्यत्तिकै छन् । मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ । लगानीकर्ताको सुरक्षा पहिलो प्रथामिकताको कुरा हो । त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । तर हामीले यसको सदुपयोग गर्न सकेको छैनौं ।

क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतम प्रयोग गर्न सक्छौ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथ आएको छु ।’
उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।

 

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...