Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

 

काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नव नियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए । उनले भने, ‘ठूलो जिम्मेवारीकोसाथ आएको छु ।

चुनौतीहरुको थुप्रो छ । नेतृत्वको अभावमा अड्केका कामहरु पनि त्यत्तिकै छन् । मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ । लगानीकर्ताको सुरक्षा पहिलो प्रथामिकताको कुरा हो । त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । तर हामीले यसको सदुपयोग गर्न सकेको छैनौं ।

क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतम प्रयोग गर्न सक्छौ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथ आएको छु ।’
उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।

 

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...