Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् ।

 

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए ।

उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए ।

उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

उनले जलवायु परिवर्तनका मुद्धालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको बताए ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षाहरुलाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एसोसिएनका अध्यक्ष रेइको हायाशीलगायत सम्मेलनामा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...