CG Electronics
Ncell NPL
NIMB

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गलाई

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

भरतपुर । चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधी बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । जसले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधीसगैँ ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्दै प्रथम भएको हो ।

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रयोगितामा चितवनको खैरहनी तेक्वान्दो डोजाङ्ग दोश्रो हुन सफल भएको भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । जसले ४ स्वर्ण, ५ रजत र ३ कास्यसहित दोश्रो हुदै नगर ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्न सफल भएको थियो ।

यसैगरि प्रतियोगितामा श्री नेत्रदय तेक्वान्दो डोजाङ्ग बारा तेश्रो स्थान हात पार्न सफल भयो । जसले ४ स्वर्ण, १ रजत र २ कास्यसहित तेश्रो हुदै नगर २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण पाएको थियो । भने उत्कृष्ट निर्णयक तर्फ ललितपुर घर भएका राजनकुमार श्रेष्ठ, उत्कृष्ट पुरुष खेलाडीमा चितवन घर भएका अभिषेक गिरी र उत्कृष्ट महिला खेलाडीमा बुटबल घर भएकी अञ्जली चौधरी घोषित भएको थिए । भने उनीहरुले नगद ५÷५ पुरस्कारसहित शिल्ड प्रमाण पाउन सफल भएका खेलाडीलाई भरतपुर महानगरकी मेयर रेनुले पुरस्कार प्रदान गरेकी थिइन् ।

गएको पुस ४ गतेदेखि पुस ६ गते शनिबारसम्म सञ्चालित प्रतियोगितामा देशभरका ४० बढी जिल्लाबाट ७ सय १० जना खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णयक योगेश कवर योगीले जानकारी गराए । सो अवसरमा बोल्दै मेयर रेनु दाहालले खेल विकासमा भरतपुरको ईतिहासमा नयाँ रेर्कड कायम भएको बताइन् ।

उनले महानगरले खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरुलाई निरन्तरता दिदै भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन, एक वडा एक खेल मैदान निर्माण, कभर्डहल निर्माण लगायतका कामले सबैको ध्यान तानेको बताईन् ।
भरतपुर महानगरले दक्ष खेलाडी उत्पादन गर्नका लागि विद्यालय तहबाटै खेलकुदका गतिविधिसगैँ खेलकुदको पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको स्पष्ट पारिन् ।

प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा प्रतिस्पर्धा भएको थियो । पुरुष र महिलतर्फ गरि १० वटा विधामा खेल भएको थियो । भने क्यारोगी (फाइट) तर्फ ३० वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा भएको थियो ।

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...