CG Electronics
IME Life
NIMB

एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले गर्‍यो रक्तदान कार्यक्रम

NIMB
Himalayan Bank

काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको प्राङ्गणमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमबाट ६० पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जानकारी दिएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क मञ्चका सचिव नारद खड्काले जानकारी दिए । उनका अनुसार रक्तदान गर्न करिब दुई सय जना जतिले इच्छा व्यक्त गरे पनि अनियमित रक्तचाप, नियमित औषधि सेवन, शरीरमा ट्याटु खोपिएकोलगायत कारणले रक्तदान गर्न पाएनन् ।

‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै सङ्गठनको सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो,’ सचिव खड्काले भने, ‘कार्यक्रममा सहभागी हुनुभइ रक्तदान गर्नुहुने सम्पूर्णप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ साथै, रक्तदान कार्यक्रमलाई महत्वपूर्ण सहयोग पु¥याउने नेपाल रेडक्रस भक्तपुर शाखालाई पनि उनले धन्यवाद दिएका छन् ।

व्यक्तिको अमूल्य रगत कसैको जीवनका लागि महादान हुने भएकाले पनि हरेक तीन÷तीन महिनामा सबैले रक्तदान गर्दा राम्रो हुने उनको भनाइ छ । रक्तदानपछि रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको छ भने रक्तदाताहरूको ‘रक्त समूह’को प्रमाणपत्र समेत उपलब्ध गराइने जानकारी उनले दिएका छन् । रक्त समूहको प्रमाणपत्र १५ दिनपछि भक्तपुर शाखाले दिने र त्यसपछि आफूहरूले रक्तदातालाई हस्तान्तरण गर्ने उनले बताए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...