Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले गर्‍यो रक्तदान कार्यक्रम

Machhapuchchhre Bank Limited

काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको प्राङ्गणमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमबाट ६० पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जानकारी दिएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क मञ्चका सचिव नारद खड्काले जानकारी दिए । उनका अनुसार रक्तदान गर्न करिब दुई सय जना जतिले इच्छा व्यक्त गरे पनि अनियमित रक्तचाप, नियमित औषधि सेवन, शरीरमा ट्याटु खोपिएकोलगायत कारणले रक्तदान गर्न पाएनन् ।

‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै सङ्गठनको सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो,’ सचिव खड्काले भने, ‘कार्यक्रममा सहभागी हुनुभइ रक्तदान गर्नुहुने सम्पूर्णप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ साथै, रक्तदान कार्यक्रमलाई महत्वपूर्ण सहयोग पु¥याउने नेपाल रेडक्रस भक्तपुर शाखालाई पनि उनले धन्यवाद दिएका छन् ।

व्यक्तिको अमूल्य रगत कसैको जीवनका लागि महादान हुने भएकाले पनि हरेक तीन÷तीन महिनामा सबैले रक्तदान गर्दा राम्रो हुने उनको भनाइ छ । रक्तदानपछि रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको छ भने रक्तदाताहरूको ‘रक्त समूह’को प्रमाणपत्र समेत उपलब्ध गराइने जानकारी उनले दिएका छन् । रक्त समूहको प्रमाणपत्र १५ दिनपछि भक्तपुर शाखाले दिने र त्यसपछि आफूहरूले रक्तदातालाई हस्तान्तरण गर्ने उनले बताए ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...