CG Electronics
IME Life
NIMB

‘वकिलहरुको सक्षमताले नै फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको सक्षमता तथा क्रियाशिलताबाट नै समग्र फौजदारी न्याय प्रशासन प्रभावकारी बन्न सक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा महान्यायाधिवक्ताको कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिका पनि महान्यायाधिवक्ताले नै निर्वाह गर्नुपर्ने भएकाले सरकारबाट सम्पादन हुने काम, कारबाही एवम् कार्यविधिको त्रुटि र कमजोरी नगर्न थप सजकता अपनाउन आवश्यक रहेको बताए ।

उनले भने,‘ फौजदारी न्याय प्रणालीको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको सक्षमता तथा क्रियाशीलताबाट नै समग्र फौजदारी न्याय प्रशासन प्रभावकारी बन्न सक्छ । नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिका पनि महान्यायाधिवक्ताले नै निर्वाह गर्नुपर्ने भएकाले नेपाल सरकारबाट सम्पादन हुने काम कारबाही एवम् निर्णहरुमा कानुनी व्यवस्था एवम् कार्यविधिको त्रुटि र कमजोरी हुन नपाओस् भनेर थप सजकता अपनाउन आवश्यक देखिन्छ ।’

त्यस्तै उनले फौजदारी न्याय प्रणालीलाई गतिशिल ,प्रभावकारी र विश्वसनीय बनाई पीडितको पुर्नस्थापना र अभियुक्तलाई स्वच्छ सुनुवाइको प्रत्याभूतिगरी प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायधिवक्ताको कार्यालयको अहम भूमिका रहेको धारणा राखे ।

प्रधान्यायाधिश राउतले अदालतमा पर्ने कतिपय रिट निवेदनको प्रकृति हेरेर अदालतले एकपटक निरुपण गरेको विषयमा सरकारी संयन्त्रबाट आफैं कानुन र पूर्वआदेश वा फैसला टेकेर निर्णय दिन सकेमा सरकारी सेवा प्रवाह प्रभावकारी हुने बताए ।

तर अदालतबाट एक पटक निरुपण भइसकेको विषयमा पनि पटक–पटक रिट निवेदन लिएर आउने प्रत्येक व्यक्तिको हकमा आदेश जारी गर्नुपर्ने हुँदा अनावश्यक रुपमा लामो समय खर्चिन पर्ने समस्या रहेको बताए ।

उनले भने,‘अदालतमा पर्ने कतिपय रिट निवेदनको प्रकृति हेर्दा अदालतले एकपटक निरुपन गरेको विषयमा सरकारी संयन्त्रबाट आफै कानुन र पूर्वआदेश वा फैसला टेकेर निर्णय दिन सकेमा सरकारी सेवा प्रवाह सिघ्र र प्रभावकारी हुन्छ । हामी कहाँ अदालतबाट एक पटक निरुपण भइसकेको विषयमा पनि पटक –पटक रिट निवेदन लिएर आउँने र अदालतबाट हरेक पटक निवेदन लिएर आउने प्रत्येक व्यक्तिको हकमा आदेश जारी गर्नु पर्ने हुँदा आवश्यक रुपमा लामो समय खर्चिन परेको यर्थात हाम्रो सामु छ ।’

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...