CG Electronics
IME Life
NIMB

‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले मनायो १४औं वार्षिकोत्सव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशिल शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था ‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सव भव्यपूर्वक मनाएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको कन्सल्टेन्सीले अटुट मेहेनत र प्रयासबाट १४औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ ।

यो १४ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, कलेज÷विश्वविद्यालय र सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् ।

उनले विद्यार्थी तथा अभिभावको विश्वास र माया नै सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै संस्थाप्रतिको विश्वास र मायालाई टुट्न नदिइ अझै बढी गुणस्तरीय, प्रविधि र विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धता जनाएका छन् ।

‘झण्डै डेढ दशकको अवधिमा हासिल गरेका अनगिन्ती सम्बन्धहरु र विश्वासका कारण आजको दिनसम्म आइपुग्न सफल भएका छौं,’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘हामीले वैदेशिक शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि साँच्चि नै विशेष अवसरको ढोका खोलेका छौं र भविष्यमा अझ धेरै विद्यार्थीहरूलाई शैक्षिक परामर्शमार्फत उनीहरुको करिअरलाई विश्व्यापी रुपमा जोड्न प्रयत्नशिल छौं ।’

कार्कीले संस्थाप्रति विश्वास र माया गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझै बढी उत्कृष्ट र विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धतासमेत जनाएका छन् ।

वेदले विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई स्थापना दिवसको अवसर पारेर विभिन्न सेवाहरुमा विशेष छुट दिइनुका साथै आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ ।

पुतलीसडकामा मुख्य कार्यालय रहेको वेद इन्टरनेसनलले न्युरोड, कलंकी, सोह्रखुट्टे, सौराह, कावासोती र विर्तामोडमा शाखा कार्यालय सञ्चालन गरी अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा, अमेरिकालगातका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिंदै आइरहेको उल्लेख गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...