Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले मनायो १४औं वार्षिकोत्सव

Machhapuchchhre Bank Limited

काठमाडौं । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशिल शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था ‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सव भव्यपूर्वक मनाएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको कन्सल्टेन्सीले अटुट मेहेनत र प्रयासबाट १४औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ ।

यो १४ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, कलेज÷विश्वविद्यालय र सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् ।

उनले विद्यार्थी तथा अभिभावको विश्वास र माया नै सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै संस्थाप्रतिको विश्वास र मायालाई टुट्न नदिइ अझै बढी गुणस्तरीय, प्रविधि र विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धता जनाएका छन् ।

‘झण्डै डेढ दशकको अवधिमा हासिल गरेका अनगिन्ती सम्बन्धहरु र विश्वासका कारण आजको दिनसम्म आइपुग्न सफल भएका छौं,’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘हामीले वैदेशिक शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि साँच्चि नै विशेष अवसरको ढोका खोलेका छौं र भविष्यमा अझ धेरै विद्यार्थीहरूलाई शैक्षिक परामर्शमार्फत उनीहरुको करिअरलाई विश्व्यापी रुपमा जोड्न प्रयत्नशिल छौं ।’

कार्कीले संस्थाप्रति विश्वास र माया गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझै बढी उत्कृष्ट र विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धतासमेत जनाएका छन् ।

वेदले विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई स्थापना दिवसको अवसर पारेर विभिन्न सेवाहरुमा विशेष छुट दिइनुका साथै आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ ।

पुतलीसडकामा मुख्य कार्यालय रहेको वेद इन्टरनेसनलले न्युरोड, कलंकी, सोह्रखुट्टे, सौराह, कावासोती र विर्तामोडमा शाखा कार्यालय सञ्चालन गरी अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा, अमेरिकालगातका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिंदै आइरहेको उल्लेख गरेको छ ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३६

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल...