Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ‘सदस्यहरुद्वारा सदस्यहरुकै लागि सहकारी’ भन्ने नाराका साथ सञ्चालित सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रघुनाथ भण्डारीले सदस्यहरुको बचत सुरक्षाका लागि सहकारीले सुरक्षित लगानी र असुलीमा ध्यान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘संस्थाको उन्नती र प्रगति नै समग्र संस्थामा आवद्ध शेयर सदस्यहरुको प्रगति भएकोले आगामी दिनहरुमा संस्थामा अझ बढी बचत तथा ऋण कारोबार गरेर संस्थाको गरिमालाई उच्च बनाउन तपाई–हामी सबै सदस्यहरुको योगदान रहनेमा हामी विश्वस्त छौं ।’

 

संस्थाका उपाध्यक्ष रामहरि श्रेष्ठले भन्नुभयो- ‘सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्थालाई सहकारीको मर्म र भावनाअनुसार सञ्चालन गरिएको छ । यस्तो विषम परिस्थितिमा पनि हामीले अब्बल सेवा दिइरहेका छौं । कसैले पनि बचत फिर्ता वा ऋण पाइन भन्ने अवस्था सिर्जना भएको छैन र त्यस्तो हुन दिइने छैन ।’

 

कार्यक्रमममा संस्थाका सचिव दिपकप्रसाद चौलागाईले आर्थिक वर्ष २०८०-०८१ मा भएको समग्र कारोवारको तुलनात्मक वित्तीय स्थितिबारे जानकारी दिंदै भन्नुभयो- संस्थाको आ.व. २०८०-०८१ मा शेयर २ करोड ५६ लाख ७६ हजार ६ सय रुपैयाँ रहेको छ । आ.व. २०८०-०८१ मा संस्थाले १७ करोड ३० लाख ६७ हजार १ सय ४५ रुपैयाँ ८० पैसा बचत संकलन गरी १६ करोड २९ लाख २८ हजार ६ सय १० रुपैयाँ बचत फिर्ता भई यस आ.व.को अन्त्यमा १५ करोड ७ लाख ३३ हजार ९ सय ४५ रुपैयाँ ७० पैसा बचत रहेको छ । आ.व. २०७९-०८० को तुलनामा आ.व. २०८०-०८१ मा कुल निक्षेपमा ७.२१ प्रतिशत बढेको छ । आ.व. २०७९-८० को अन्त्यमा संस्थाको कुल निक्षेप १४ करोड ५ लाख ९५ हजार ४ सय ९ रुपैयाँ ४० पैसा रहेको थियो ।

 

संस्थाका कोषाध्यक्ष देवीप्रसाद बडालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारलाई आ.व. २०८०-८१ मा विभिन्न शीर्षक अन्तर्गत १६ लाख ५८ हजार २ सय ६६ रुपैयाँ ९२ पैसा राजस्व दाखिला गरेको बताउनुभयो । आ.व. २०८०-०८१ मा २ करोड ३७ लाख ३ हजार ७ सय ३३ रुपैयाँ ६५ पैसा आम्दानी भएको तथा २ करोड ६ लाख ५२ हजार ९० रुपैयाँ खर्च भई सञ्चालन नाफा ३० लाख ५१ हजार ६ सय ४३ रुपैयाँ भएको बडालले जानकारी दिनुभयो । वार्षिकोत्सव कार्यक्रममा संस्थाका सदस्यका छोराछोरीहरु, जसले चालू आर्थिक वर्षमा एसईई उत्तीर्ण गरे, उनीहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचत सम्मान, असल ऋण कारोबारी सम्मानसमेत गरिएको थियो ।

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

वि.सं.२०८१ माघ १ मंगलवार ०९:१२

  काठमाडौँ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण...