CG Electronics
IME Life
NIMB

सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । ‘सदस्यहरुद्वारा सदस्यहरुकै लागि सहकारी’ भन्ने नाराका साथ सञ्चालित सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रघुनाथ भण्डारीले सदस्यहरुको बचत सुरक्षाका लागि सहकारीले सुरक्षित लगानी र असुलीमा ध्यान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘संस्थाको उन्नती र प्रगति नै समग्र संस्थामा आवद्ध शेयर सदस्यहरुको प्रगति भएकोले आगामी दिनहरुमा संस्थामा अझ बढी बचत तथा ऋण कारोबार गरेर संस्थाको गरिमालाई उच्च बनाउन तपाई–हामी सबै सदस्यहरुको योगदान रहनेमा हामी विश्वस्त छौं ।’

 

संस्थाका उपाध्यक्ष रामहरि श्रेष्ठले भन्नुभयो- ‘सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्थालाई सहकारीको मर्म र भावनाअनुसार सञ्चालन गरिएको छ । यस्तो विषम परिस्थितिमा पनि हामीले अब्बल सेवा दिइरहेका छौं । कसैले पनि बचत फिर्ता वा ऋण पाइन भन्ने अवस्था सिर्जना भएको छैन र त्यस्तो हुन दिइने छैन ।’

 

कार्यक्रमममा संस्थाका सचिव दिपकप्रसाद चौलागाईले आर्थिक वर्ष २०८०-०८१ मा भएको समग्र कारोवारको तुलनात्मक वित्तीय स्थितिबारे जानकारी दिंदै भन्नुभयो- संस्थाको आ.व. २०८०-०८१ मा शेयर २ करोड ५६ लाख ७६ हजार ६ सय रुपैयाँ रहेको छ । आ.व. २०८०-०८१ मा संस्थाले १७ करोड ३० लाख ६७ हजार १ सय ४५ रुपैयाँ ८० पैसा बचत संकलन गरी १६ करोड २९ लाख २८ हजार ६ सय १० रुपैयाँ बचत फिर्ता भई यस आ.व.को अन्त्यमा १५ करोड ७ लाख ३३ हजार ९ सय ४५ रुपैयाँ ७० पैसा बचत रहेको छ । आ.व. २०७९-०८० को तुलनामा आ.व. २०८०-०८१ मा कुल निक्षेपमा ७.२१ प्रतिशत बढेको छ । आ.व. २०७९-८० को अन्त्यमा संस्थाको कुल निक्षेप १४ करोड ५ लाख ९५ हजार ४ सय ९ रुपैयाँ ४० पैसा रहेको थियो ।

 

संस्थाका कोषाध्यक्ष देवीप्रसाद बडालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारलाई आ.व. २०८०-८१ मा विभिन्न शीर्षक अन्तर्गत १६ लाख ५८ हजार २ सय ६६ रुपैयाँ ९२ पैसा राजस्व दाखिला गरेको बताउनुभयो । आ.व. २०८०-०८१ मा २ करोड ३७ लाख ३ हजार ७ सय ३३ रुपैयाँ ६५ पैसा आम्दानी भएको तथा २ करोड ६ लाख ५२ हजार ९० रुपैयाँ खर्च भई सञ्चालन नाफा ३० लाख ५१ हजार ६ सय ४३ रुपैयाँ भएको बडालले जानकारी दिनुभयो । वार्षिकोत्सव कार्यक्रममा संस्थाका सदस्यका छोराछोरीहरु, जसले चालू आर्थिक वर्षमा एसईई उत्तीर्ण गरे, उनीहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचत सम्मान, असल ऋण कारोबारी सम्मानसमेत गरिएको थियो ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...