Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

महिला फुटबल टिमकी गोलरक्षक अञ्जना राना मगर ‘ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी’को ब्राण्ड एम्बासडर

Machhapuchchhre Bank Limited

 

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रका अग्रणी कम्पनीहरूमध्ये एक ‘ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी’ले राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अञ्जना राना मगरलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमा अञ्जना राना मगरलाई आगामी एक वर्षका लागि ब्राण्ड एम्बासडरको रूपमा चयन गरिएको हो। कार्यक्रममा ‘ड्रिम अन’का प्रबन्ध निर्देशक भीम बहादुर थापा र अञ्जनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

 

खेल र परामर्शको सहकार्य

उक्त समारोहमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष दीपक गुरुङ, तथा शैक्षिक परामर्श व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति थियो।

एनडेकाका अध्यक्ष दीपक गुरुङले भने, “यस किसिमको सहकार्यले व्यवसायिक फाइदा मात्र नभई खेल क्षेत्र र खेलाडीहरूको मनोबललाई पनि उच्च बनाउँछ। राज्यबाट खेल क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको बेला यस्तो पहलले खेलाडीहरूलाई थप प्रेरणा दिनेछ।”

इक्यानका अध्यक्ष शेषराज भट्टराईले पनि ‘ड्रिम अन’को यो कदमलाई उच्च प्रशंसा गर्दै भने, “अञ्जना र ‘ड्रिम अन’को सहकार्यले खेल क्षेत्र र परामर्श व्यवसाय दुवैलाई नयाँ उचाइमा पुर्‍याउनेछ। यो सहकार्यले नेपाली खेलकुदको उज्ज्वल सम्भावना देखाएको छ।”

ब्राण्ड एम्बासडरको भनाइ

अञ्जना राना मगरले आफ्नो अनुभव सुनाउँदै भनिन्, “खेलाडी भएका नाताले धेरै बोल्न त जान्दिनँ, तर ‘ड्रिम अन’को व्यावसायिक दृष्टिकोण र सहकार्यको प्रस्तावले मलाई प्रभावित बनायो। यो भूमिकाले मेरो जिम्मेवारीलाई अझ बढाएको छ, र म खेलकुदप्रेमी समर्थकहरूप्रति सदैव आभारी छु।”

‘ड्रिम अन’को दृष्टिकोण

प्रबन्ध निर्देशक भीम बहादुर थापाले भने, “महिला फुटबलकी गोलरक्षकजस्तो सशक्त व्यक्तित्वलाई ब्राण्ड एम्बासडर बनाउन पाउनु हाम्रो लागि गर्वको कुरा हो। यो सहकार्यले ‘ड्रिम अन’लाई मात्र नभई सम्पूर्ण खेल जगत र शैक्षिक परामर्श क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ।”

ड्रिम अनको योगदान

काठमाडौंको डिल्लीबजारमा मुख्य कार्यालय रहेको ‘ड्रिम अन’ले अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायतका गन्तव्यमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिँदै आएको छ।

खेल र शैक्षिक परामर्श क्षेत्रको यो सहकार्यले भविष्यमा खेलकुद र शिक्षा दुवैलाई अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...