NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

भन्सार सम्बन्धी विधेयकमाथि छलफल, पारदर्शी प्रणाली अपनाउन सुझाव

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । अर्थ समतिको बैठकमा ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक छलफल भएको छ । मंगलबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा अर्थमन्त्री विष्णु पौडेल र पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा भन्सार सम्बन्धी काूननलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक छलफल गरिएको हो ।

बैठकमा अर्थमन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार प्रकृयालाई पारदर्शी विधेयकलाई डिजिटलाईजेसन गर्ने लगायतका कुराहरु प्रस्तुत विधेयकमा समेटिएको जानकारी दिए । भन्सार प्रकृयालाई प्रकृयामा संलग्नहरुले गर्ने काम समेत उल्लेख गरिएको उनको भनाई छ ।

उनले भने,‘भन्सार प्रकृयालाई पारदर्शी बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त ग¥यौं । त्यसको पक्ष भएर हस्ताक्षर ग¥यौं । पारदर्शी प्रणाली अपनाउनका लागि यसलाई डिजिटलाईजेसन गर्ने लगायतका कुराहरु प्रस्तुत विधेयकमा हामीले राखेको छौं । साथै यस्लाई अलिकित उत्तरदायी बनाउनका लागि भन्सार प्रकृयामा संलग्नहरुले गर्ने काम के– हुन्छन भनेर समेत उल्लेख गरिएको छ ।’

पूर्व अर्थमन्त्री प्रकाश शरण महतले भन्सार प्रकृयामा भएका समस्याहरु कसरी न्यून गर्न सकिन्छ भन्ने विषयमा प्राथमिकताकासाथ छलफल गर्नुपर्ने बताए । त्यस्तै उनले भन्सार प्रशासन प्रभावकारी पनि हुने,राजस्व पनि वृद्धि हुने र दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कम गर्ने गरी काम गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘भन्सार प्रकृयामा के समस्याहरु छन् । ती समस्याहरुलाई कसरी न्यून गर्न सकिन्छ । कसरी चुस्त दुरुस्त बनाउने कसरी अधिकारहरुलाई सिमित गर्न सकिन्छ । छिटो छरितो कसरी गर्न सकिन्छ ? जसको कारणबाट भन्सार प्रशासन प्रभावकारी पनि हुने राजस्व पनि वृद्धि हुने र उनीहरुले दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कसरी कम गर्ने त्यसमा काम गर्नुपर्छ । उनले अहिलेको अन्तराष्ट्रिय जुन बद्लिदो परिवेश छ त्यही अनुसार विधेयकहरुको परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समतिमा आएका विधेयकहरुमा ढिलाई नगरी डबल सिफ्ट गरेर भएपनि छलफल गराएर अर्थसमितिको सामथ्र्यलाई पनि प्रमाणीत गर्न सुझाव दिए ।

उनले भने,‘समितिमा आएका विधेयकहरुमा ढिलाई नगरी डबल सिफ्ट गरेर भएपनि छलफल गराएर अर्थसमितिको सामथ्र्यलाई पनि प्रमाणीत गर्दै छिटो भन्दा छिटो रोकिएका विधेयकहरुलाई अर्थसमितिले पारित गरेर आउने संसदमा प्रस्तुत गर्न सकोस् ।’

 

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...