Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०८१ साल , पौष २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारिहरु र केहि विभागिय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएको थियो ।

तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । उहाँले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिनुभयो ।

गत साल झै यस २०८१ सालामा पनि कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौ र अन्तिम स्थान हो । यस भन्दा पहिले मङ्सिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरुका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौंमा यस तालिम सम्पन्न गरिएको थियो । बर्दिबासमा सम्पन्न अन्तिम तालिम पश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपाल भरि सम्पन्न गरेको छ।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...