Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने

 

काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ ।

प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी गराएका हुन् ।

बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने पुरस्कार सिफारिसको लागि सिफारिस समिति पनि गठन भएको जानकारी दिए । पुरस्कारको घोषणा प्रेस चौतारी नेपालको स्थापना दिवसको दिन माघ २२ गते हुने उनले बताए ।

उनले माघ २५ गतेसम्म जिल्ला अधिवेशन सिक्नु पर्ने र फागुन ७ गते प्रदेश अधिवेशन समेत सक्नु पर्ने स्पष्ट पारे । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्ला र प्रदेशमा केन्द्रले तदर्थ समिति बनाउने पनि उनले स्पष्ट पारे ।

जिम्मेवारी लिने र काहीँ पनि नभेटिने प्रवृत्ति अब संगठनमा अन्त्य हुनुपर्ने बस्नेतले बताए । जिम्मेवारी लिनेले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका महासचिव हीरामान लामाले संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष इन्द्र आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...