CG Electronics
IME Life
NIMB

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल 

NIMB
Himalayan Bank

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङलाई प्रवद्र्धन गदैं दृष्टीविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचसँग जोड्ने उद्धेश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्धेश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरी जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गर्नुभएको थियो । कार्यक्रममा हस्ताक्षर तालिमलाई विषेश प्राथमिकता दिईएको थियो ।

बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षर सम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको थियो । उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

उक्त कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि समावेशी बैंकिङलाई प्रवद्र्धन गर्दै विभिन्न समुदाय लक्षित वित्तीय सचेतना तथा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।

सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले समावेशी बैंकिङतर्फ गरिएको पहल तथा हस्ताक्षर तालिम प्रति खुशी व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताएका छन् । सर्वोदय परियोजनाकै सौगात वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताउनुभयो ।

कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरेर “स्वाभिमान बचत खाता” सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने दृष्टिविहीनहरूले अन्य व्यक्तिहरूले जस्तै मोबाइल बैंकिङ, ए.टि.एम कार्ड लगायतका सुविधाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त खाता खोल्नका लागि दृष्टिविहीन भएको कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कुनै साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

कार्यक्रमको समापनसँगै बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले यस्ता तालिममार्फत वित्तीय पहुँच मात्र होइन, आत्मविश्वास र सामाजिक समावेशितामा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...