Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह

Machhapuchchhre Bank Limited

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिएका हुन् ।

‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुन अनुसार चल्नुपर्छ’–उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने–‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।’

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिव ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए ।

नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरुले सरकारले हालसम्म बिल पेश गरी दाबी गरेको भुक्तानी रकमको ८० प्रतिशतभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।

उनीहरुले करको रकम किस्ता बन्दीमा भुक्तानी हुने व्यवस्था गरिदिन, निर्माण सामग्रीमा आयात छुट दिन, रुग्ण आयोजनामा पूँजी परिचालनको व्यवस्था मिलाइदिन लगायतका अनुरोध गरेका थिए ।

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको खाँचो तीव्र

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १७:२९

  गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरु...

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...