CG Electronics
IME Life
NIMB

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ बैंक्वेटमा सम्पन्न भएको छ। साधारण सभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गर्दै संस्थाको भावी कार्ययोजनाको खाका प्रस्तुत गर्‍यो।

सभाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने निर्णय पारित गरिएको छ।

सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट श्री यादव अधिकारी, श्री रामहरी शर्मा, र श्री सुमन प्रसाद अधिकारी तथा सर्वसाधारण समूहका तर्फबाट श्री सतीश गौतम चार वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन्।

साधारण सभाले संस्थाको रजिस्टर्ड कार्यालयलाई काठमाडौं महानगरपालिका वडा नं. १० बाट वडा नं. ११ मा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्न संस्थाको प्रवन्ध पत्र र नियमावलीमा संशोधन गर्ने निर्णय पनि पारित गर्‍यो।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मंसिर मसान्तसम्म २१ अर्ब रुपैयाँ निक्षेप संकलन तथा १७.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। देशभरका २७ शाखा र १ विस्तारित काउन्टरमार्फत १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको फाइनान्सको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा रहेको छ।

संस्थानको भावी योजना र प्रतिबद्धता
फाइनान्सले वित्तीय सेवा क्षेत्रको दायरा विस्तार गर्दै उच्च स्तरको ग्राहक सन्तुष्टि र सेवा निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...