Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ बैंक्वेटमा सम्पन्न भएको छ। साधारण सभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गर्दै संस्थाको भावी कार्ययोजनाको खाका प्रस्तुत गर्‍यो।

सभाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने निर्णय पारित गरिएको छ।

सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट श्री यादव अधिकारी, श्री रामहरी शर्मा, र श्री सुमन प्रसाद अधिकारी तथा सर्वसाधारण समूहका तर्फबाट श्री सतीश गौतम चार वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन्।

साधारण सभाले संस्थाको रजिस्टर्ड कार्यालयलाई काठमाडौं महानगरपालिका वडा नं. १० बाट वडा नं. ११ मा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्न संस्थाको प्रवन्ध पत्र र नियमावलीमा संशोधन गर्ने निर्णय पनि पारित गर्‍यो।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मंसिर मसान्तसम्म २१ अर्ब रुपैयाँ निक्षेप संकलन तथा १७.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। देशभरका २७ शाखा र १ विस्तारित काउन्टरमार्फत १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको फाइनान्सको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा रहेको छ।

संस्थानको भावी योजना र प्रतिबद्धता
फाइनान्सले वित्तीय सेवा क्षेत्रको दायरा विस्तार गर्दै उच्च स्तरको ग्राहक सन्तुष्टि र सेवा निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...