कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

Friday Jan 17, 2025
वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२७

काठमाडौं । कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ। बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेकाे सेयरमा खरिद आवेदन नपरेपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हाे।
यो सेयर खरिदका लागि निवेदन दिन इच्छुक लगानीकर्तालाई ७ दिनको म्याद दिइएको छ। तोकिएको मितिभित्र लगानीकर्ताले सेयर खरिदका लागि काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।