CG Electronics
IME Life
Ncell NPL

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि दायित्व भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दहालले बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम लगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

कार्यक्रममा डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी तथा उपनिर्देशक पदम प्रसाद सोडारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।

 

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...