Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

Machhapuchchhre Bank Limited

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित बरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालज्यूले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गर्नु भएको थियो । वहाँले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
समारोहमा योजनामा छनौट भई सहभागि हुनु भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र गर्नु भएको थियो ।

सहभागि अभिकर्ताहरुले नेपालकै चर्चित एवं बरिष्ठ पत्रकार भुषण दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

 

नयाँ कानुन आएपछि नेपालमा पानी जहाज व्यवसायिक रुपमा चल्छ : मणीराम भुषाल

नयाँ कानुन आएपछि नेपालमा पानी जहाज व्यवसायिक...

वि.सं.२०८१ माघ ३० बुधवार २१:४०

मणीराम भुषाल सिनियर डिभिजनल इन्जिनियर कामु रजिष्ट्रार नेपाल पानी जहाज...

नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सुरु, ५ दिनसम्म चल्ने

नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी ‘क्यान इन्फोटेक...

वि.सं.२०८१ माघ २५ शुक्रवार ०८:१७

    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को...

काठमाडौँमा पहिलो अन्तर-विद्यालय ह्याकाथोन “Hack-अ-Thon” सफलतापूर्वक सम्पन्न

काठमाडौँमा पहिलो अन्तर-विद्यालय ह्याकाथोन “Hack-अ-Thon” सफलतापूर्वक सम्पन्न

वि.सं.२०८१ माघ १८ शुक्रवार ०४:४०

काठमाडौँ । काठमाडौँमा पहिलो पटक अन्तर-विद्यालय ह्याकाथोन "Hack-अ-Thon" सफलतापूर्वक सम्पन्न...

फेयर एक्सप्रेस मिडिया प्रालिले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ को घोषणा

फेयर एक्सप्रेस मिडिया प्रालिले ‘फेयर इन्टरनेशनल एजुकेशन...

वि.सं.२०८१ माघ १४ सोमवार ०४:११

  काठमाडौं । फेयर एक्सप्रेस मिडिया प्रालिले ‘फेयर इन्टरनेशनल एजुकेशन...

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

हामीले खाने विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी

हामीले खाने विहान बेलुकीको खाना आयात गरेर...

वि.सं.२०८१ पुस २९ सोमवार १२:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विहान...