CG Electronics
IME Life
Ncell NPL

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित बरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालज्यूले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गर्नु भएको थियो । वहाँले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
समारोहमा योजनामा छनौट भई सहभागि हुनु भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र गर्नु भएको थियो ।

सहभागि अभिकर्ताहरुले नेपालकै चर्चित एवं बरिष्ठ पत्रकार भुषण दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

 

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:५७

  काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:०३

काठमाडौँ, बैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...