Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी

 

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ ।

मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।

प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन ‘इमास ७’ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन् ।

प्रोटन ‘इमास ७’ ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।

यी मूल्याङ्कनहरूले ‘इमास ७’ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनिले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

हाल नेपालमा इभी बजार आकर्षित भएको समयमा ‘इमास ७’ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको...

वि.सं.२०८२ असार ९ सोमवार २३:४०

काठमाडौं । विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...