Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि आवश्यक कानूनहरु निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि नेपालले आवश्यक कानूनहरु निर्माण गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताएका हुन् ।
उनले भने, ‘सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्र नभएर विश्व स्तरको नै हो । हामीले यस दिशामा केही प्रयासहरु गरेका छौँ ।

नेपालले यसका लागि आवश्यक कानून, नियम, संरचनाहरु निर्माण गर्नुको साथै अनुसन्धानका कामलाई अगाडि बढाएको छ । यस हिसाबले नेपालले केही महत्वपूर्ण काम गरेकै छ । यो सँगै एउटा सत्य के हो भने हामीले जति गर्नुपर्ने हो वा गर्न सक्नुपर्ने हो त्यो हिसाबले काम गर्न सकेका छैनाँै ।’

यसको साथै, उनले कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको बताए ।

उनले भने, ‘कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएका छौँ । भनेर गर्व गर्न सक्ने गरेर प्रस्तुत हुन सक्नुपर्ने थियो । नेपालले सम्पत्ति शुद्धीकरणको कसूरमा दोषि भएका जो कसैलाई पनि दण्डित गर्छ ।

निर्दोष कसैले पनि डराउनु पर्दैन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी कामहरु हुनेछन् र हामी देशभित्र र दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछाँै भन्ने अपेक्षा गर्न चहान्छु ।’

आजको कार्यक्रमले निश्चित रुपमा सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा राम्रा प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण योगदान दिने भन्दै विशेषगरि जनचेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिने पनि उनको भनाई छ ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...