CG Electronics
IME Life
NIMB

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि आवश्यक कानूनहरु निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि नेपालले आवश्यक कानूनहरु निर्माण गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताएका हुन् ।
उनले भने, ‘सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्र नभएर विश्व स्तरको नै हो । हामीले यस दिशामा केही प्रयासहरु गरेका छौँ ।

नेपालले यसका लागि आवश्यक कानून, नियम, संरचनाहरु निर्माण गर्नुको साथै अनुसन्धानका कामलाई अगाडि बढाएको छ । यस हिसाबले नेपालले केही महत्वपूर्ण काम गरेकै छ । यो सँगै एउटा सत्य के हो भने हामीले जति गर्नुपर्ने हो वा गर्न सक्नुपर्ने हो त्यो हिसाबले काम गर्न सकेका छैनाँै ।’

यसको साथै, उनले कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको बताए ।

उनले भने, ‘कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएका छौँ । भनेर गर्व गर्न सक्ने गरेर प्रस्तुत हुन सक्नुपर्ने थियो । नेपालले सम्पत्ति शुद्धीकरणको कसूरमा दोषि भएका जो कसैलाई पनि दण्डित गर्छ ।

निर्दोष कसैले पनि डराउनु पर्दैन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी कामहरु हुनेछन् र हामी देशभित्र र दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछाँै भन्ने अपेक्षा गर्न चहान्छु ।’

आजको कार्यक्रमले निश्चित रुपमा सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा राम्रा प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण योगदान दिने भन्दै विशेषगरि जनचेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिने पनि उनको भनाई छ ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...