CG Electronics
IME Life
NIMB

कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजिरहेका छौं : महान्यायाधिवक्ता बडाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण निवारणको सवालमा अपराध हुनै नदिने अवस्थाको सृष्टि गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

सोमबार सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सम्पत्ति शुद्धीकरण निवारणको कुरा गर्दै गर्दा अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने त्यो कुरामा हाम्रो अलिकति अभाव भइरहेको छ । र छलफल पनि अलि कम भयो कि त्यसैले त्यहि विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । जति हामी नियमक संस्थाहरु छौं । उनीहरुले आफू माहतका सबै संस्थाले नियमन राम्रोसँग गदिर्नुपर्यो उहाँहरुले गरिराखेको काममा पादर्शिता छ कि छैन त्यसको मनिटर गर्नुपर्यो ।’

साथै उनले सम्पत्ति शुद्धीकरण आफैंमा स्वीकार्य योग्य शब्द भएन कि भन्ने खालको कुराहरु पनि आउने गरेको भन्दै कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजेको कारण सबै व्यापार व्यवसाय गर्नेहरु यसबाट डराउन नपर्ने बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा डिजिटल कारोबारहरु बढेको भन्दै त्योसँगै डिजिटल माध्यमको कारोबारमा प्रशस्त ठगिहरु पनि बढेको बताए ।

उनले भने,‘पछिल्लो समयमा डिजिटल कारोबारहरु त बढ्दै गयो । तर डिजिटल माध्यमको कारोबारमा पनि प्रशस्त ठगिहरु पनि भइरहेको छ ।

र नयाँ किसिमको इनोभेटिब टेक्नोलोजिको एड्भान्समेन्टको फलस्वरुप आफ्ना सम्पत्तिहरु लगाउने अभ्यासहरु पनि भएको छन् । कुनै पनि काम गर्दा खतराहरु आउँदैन् भन्ने हुँदैन त्यसलाई रोकथाम गर्नमा हामी लाग्नुपर्छ । हामी सबै स्टेक होल्डरले ।’

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...