Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजिरहेका छौं : महान्यायाधिवक्ता बडाल

Machhapuchchhre Bank Limited

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण निवारणको सवालमा अपराध हुनै नदिने अवस्थाको सृष्टि गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

सोमबार सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सम्पत्ति शुद्धीकरण निवारणको कुरा गर्दै गर्दा अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने त्यो कुरामा हाम्रो अलिकति अभाव भइरहेको छ । र छलफल पनि अलि कम भयो कि त्यसैले त्यहि विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । जति हामी नियमक संस्थाहरु छौं । उनीहरुले आफू माहतका सबै संस्थाले नियमन राम्रोसँग गदिर्नुपर्यो उहाँहरुले गरिराखेको काममा पादर्शिता छ कि छैन त्यसको मनिटर गर्नुपर्यो ।’

साथै उनले सम्पत्ति शुद्धीकरण आफैंमा स्वीकार्य योग्य शब्द भएन कि भन्ने खालको कुराहरु पनि आउने गरेको भन्दै कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजेको कारण सबै व्यापार व्यवसाय गर्नेहरु यसबाट डराउन नपर्ने बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा डिजिटल कारोबारहरु बढेको भन्दै त्योसँगै डिजिटल माध्यमको कारोबारमा प्रशस्त ठगिहरु पनि बढेको बताए ।

उनले भने,‘पछिल्लो समयमा डिजिटल कारोबारहरु त बढ्दै गयो । तर डिजिटल माध्यमको कारोबारमा पनि प्रशस्त ठगिहरु पनि भइरहेको छ ।

र नयाँ किसिमको इनोभेटिब टेक्नोलोजिको एड्भान्समेन्टको फलस्वरुप आफ्ना सम्पत्तिहरु लगाउने अभ्यासहरु पनि भएको छन् । कुनै पनि काम गर्दा खतराहरु आउँदैन् भन्ने हुँदैन त्यसलाई रोकथाम गर्नमा हामी लाग्नुपर्छ । हामी सबै स्टेक होल्डरले ।’

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...