CG Electronics
IME Life
NIMB

एनएमबि बैंकद्वारा रुकुममा २०२औं शाखा उद्घाटन, वित्तीय सेवा थप मजबुत

NIMB
Himalayan Bank

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औं शाखा उद्घघाटन गरेको छ । उद्घघाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख श्री रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख श्री प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयाे ।

नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।

एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको छ।

बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम, र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । यस विस्तारले एनएमबि बैंकलाई नेपालको एक अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित गरेको छ, जसले ग्राहकहरूको आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको छ ।

 

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक...

वि.सं.२०८३ असार २४ बुधवार ०७:५२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी...

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ प्यासेन्जर ३६०° क्याम्पेन सुरु

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३७

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा...

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार २२:२४

  नेपालगञ्ज, असार २३ — एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...