CG Electronics
IME Life
NIMB

खानेपानी तथा सरसफाई नियमावली राजपत्रमा आएपछि मन्त्रीले लिए सुझाव

NIMB
Himalayan Bank

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तीका लागि भावी नियमावली, २०८१ को कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मंगलबार खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा प्रकाशित भएसँगै जानकारी गराउन अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

उनले भने, ‘खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा यहीँ माघ १० गते प्रकाशित भइसकेको छ । सोही विषयमा जानकारी गराउन अन्तरक्रिया गरेका हौं । खानेपानी क्षेत्रमा चाँही काम गर्ने विभिन्न विकास साझेदारका प्रतिनिधिलार्इं बोलाएर जानकारी गराएका छौं । सन २०३० सम्म अधारभूत खानेपानी दिने सम्पूर्ण नगरिकलाई हाम्रो दायित्व पनि हो ।’

खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्रातिको लागि भावी नियमावली, २०८१ को कार्यदिशा यस्तो छ।

१. नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकमा राखेको छ ।

२. वि.सं. २०७९ सालमा खानेपानी तथा सरसफाइ ऐन आइसकेपछि लामो समयपछि मिति २०८१ माघ १० गते सो को नियमावली पनि आइसकेको

३. नेपालको आर्थिक अवस्था पनि राम्रो नरहेको र खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्दो क्रममा रहेको
४. सन् २०३० सम्ममा स्वच्छ खानेपानी तथा सरसफाइको सेवामा पहुंच पुर्याउने दीगो विकास लक्ष्य नं. ६ हासिल गर्ने कुरामा नेपाल धेरै पछाडि रहेको

५.आवधिक योजनाहरुले निर्धारण गरेको लक्ष्य कहिल्यै पुरा नहुने गरेको र आ.ब. २०८५–८६ सम्म पुरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पुरा गर्न ज्यादै चुनौतिपूर्ण देखिन्छ

६. क्षेत्रगत लक्ष्य पुरा गर्न आवश्यक बजेटको तुलनामा नेपाल सरकारबाट विनियोजित बजेट ज्यादै कम हुने गरेकोले दात्री निकाय, विकास साझेदार र गैर सरकारी क्षेत्रबाट आगामी दिनमा खानेपानी तथा सरसफाइमा अधिकतम लगानी हुन जरुरी रहेको

७. नेपाललाई खुला दिसामुक्त घोषणा गर्न तपाई हामी सबै जसरी हातेमालो गरेर गरेर वि.सं. २०७६ सालमा जसरी सफल पारेरै छोड्यौ, त्यसै गरी

८. गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइमा तपाईहरुको सहयोगको टड्कारो आवश्यकता छ
९. नेपाल सरकार यस अभियानको नेतृत्व गर्न तयार छ, ३ वटै तहको समन्वय र सहकार्यमा सबै नेपालीको घरघरमा स्वच्छ खानेपानीको धारा र सुरक्षित सरसफाइको पहुंच के कसरी पुर्याउन सकिन्छ, यहांहरुको उचित राय सुझाव तथा सहयोगको हामीले अपेक्षा गरेका छौ

१०. दीगो विकास लक्ष्य पुरा गर्नु तपाई हामी सबैको साझा दायित्व भएकोले यहांहरुले आजको १ दिने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनु हुनेछ भन्ने विश्वास लिएको छु

११. विशेष गरी विभिन्न विषयहरुमा तय गरिएको समुह कार्यहरुबाट यस क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ, सो कुरामा गहन छलफल होस् र यस क्षेत्रलाई प्रभावकारी बनाउन यहांहरुबाट अत्यन्त महत्वपूर्ण सुझाव उपलब्ध होस् भन्ने चाहन्छु ।

 

 

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...