Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ ।

इजरायलमा शान्ती स्थापना भएसंगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो ।

इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा अध्यक्ष अग्रवालले राजदूत बाससंग आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले भने, ‘इजरायलमा भर्खरै युद्ध विराम भई शान्ति स्थापना भएको छ, ।’ सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरुलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत बाससंग आग्रह गरे ।

नेपालको जलविद्युत, पर्यटन, होटल लगायतका क्षेत्रमा इजरायलेको लगानीका लागि समेत अध्यक्ष अग्रवालले आग्रह गरे । नेपालमा हालै संशोधन गर्न लागिएका कानूनहरुले लगानीको वातावरण सहज भएकाले नेपाल चेम्बर र इजरायलका व्यवसायीहरुबीच बी टु बी माध्यामबाट लगानीका अवसरहरु खोज्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजरायल र नेपालबीच आईटी क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताए । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधिजन्य व्यवसायमा जनशक्ति सस्तो र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको बताए ।

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा राजदूत बासले नेपाल जस्तो देशमा सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको प्रतिकृया दिए । इजरायल सरकार नेपालसंग घरेलु कामदार, कृषि संगै अन्य क्षेत्रको श्रमिक लैजानका लागि पनि सम्झौता गर्न तयार रहेको बताए ।

इजरायलको न्यूनतम ज्याला नै १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपालले लिनुपर्ने उनको भनाई छ । दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजिकरण गर्ने राजदूत बासले बताए ।

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...