CG Electronics
Ncell NPL
NIMB

नेपालमा दिपल ई०७ एसयूभीको औपचारिक लन्च, नेपाली बजारमा नयाँ आयाम

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच एम्एडब्लू वृद्धि अटोकर्पले दिपल इ०७ लन्च गरेको हो । कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने ठ्याक्कै एक करोड रुपैयाँ बढी तिर्नु पर्ने जानकारी पनि गराइयो । फोर ह्वील ड्राइभ ई–०७ को मूल्य एक करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्यको हिसावले धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो ।
सोही क्रममा एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले एकदमै राम्रो फिचर भएको र सस्तो कार नेपालमा पहिलो पटक लन्च भएको बताएका छन् ।

यसको साथै, उनले यस्तो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर कसैलेपनि नसोचेको भन्दै यो एउटा राम्रो उपलब्धी भएको बताए ।

उनले भने, ‘अहिले धेरै प्रविधिहरुको विकास भएको छ । जसले हाम्रो जीवन परिवर्तन गराएको छ । नेपालमा दिपलले मानिसको विचार र सोचलाई परिवर्तन गर्न सफल भएको छ । योभन्दा पहिला कसैले पनि यो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर सोचेको थिएन होला ।

यस्तो खालको सुविधा भएको कार नेपालको बजारमा पाउन सकिन्छ भनेर, ९ महिना अगाडिसम्म पनि यतिको पैसामा यस्ता कार आउन सक्ने भन्ने कुरा सोचेको थिएन होला तर अहिले नेपालमा आएको छ । यस्ता खालको फिचर भएको कारा नेपालमा पहिलो पटक लन्च हुदैँछ । ई–०७ ले एस्यूभिबाट अपेक्षा गरेको जस्तो एकदमै राम्रो सुविधाहरु दिनेछ ।’

उनले यसमा दिइएको एयर सस्पेन्सन पनि निकै उपयोगी भएको भन्दै यदि गाडीलाई ग्राउन्ड क्लियरेन्स पुगेन भने सस्पेन्सनले नै ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स अवस्था हेरेर बढाइदिने पनि बताए ।

दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध रहेको पनि कार्यक्रममा जानकारी गराइयो । रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ ।

यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने जानकारी गराइयो ।
२४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ ।

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...