Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालमा दिपल ई०७ एसयूभीको औपचारिक लन्च, नेपाली बजारमा नयाँ आयाम

kumari  bank

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच एम्एडब्लू वृद्धि अटोकर्पले दिपल इ०७ लन्च गरेको हो । कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने ठ्याक्कै एक करोड रुपैयाँ बढी तिर्नु पर्ने जानकारी पनि गराइयो । फोर ह्वील ड्राइभ ई–०७ को मूल्य एक करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्यको हिसावले धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो ।
सोही क्रममा एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले एकदमै राम्रो फिचर भएको र सस्तो कार नेपालमा पहिलो पटक लन्च भएको बताएका छन् ।

यसको साथै, उनले यस्तो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर कसैलेपनि नसोचेको भन्दै यो एउटा राम्रो उपलब्धी भएको बताए ।

उनले भने, ‘अहिले धेरै प्रविधिहरुको विकास भएको छ । जसले हाम्रो जीवन परिवर्तन गराएको छ । नेपालमा दिपलले मानिसको विचार र सोचलाई परिवर्तन गर्न सफल भएको छ । योभन्दा पहिला कसैले पनि यो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर सोचेको थिएन होला ।

यस्तो खालको सुविधा भएको कार नेपालको बजारमा पाउन सकिन्छ भनेर, ९ महिना अगाडिसम्म पनि यतिको पैसामा यस्ता कार आउन सक्ने भन्ने कुरा सोचेको थिएन होला तर अहिले नेपालमा आएको छ । यस्ता खालको फिचर भएको कारा नेपालमा पहिलो पटक लन्च हुदैँछ । ई–०७ ले एस्यूभिबाट अपेक्षा गरेको जस्तो एकदमै राम्रो सुविधाहरु दिनेछ ।’

उनले यसमा दिइएको एयर सस्पेन्सन पनि निकै उपयोगी भएको भन्दै यदि गाडीलाई ग्राउन्ड क्लियरेन्स पुगेन भने सस्पेन्सनले नै ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स अवस्था हेरेर बढाइदिने पनि बताए ।

दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध रहेको पनि कार्यक्रममा जानकारी गराइयो । रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ ।

यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने जानकारी गराइयो ।
२४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ ।

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:२२

  काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष...

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम दरवारमा विशेष छुट

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:१५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

एनसेलले ल्यायो साप्ताहिक रु ९९ मा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक रु ९९ मा अनलिमिटेड...

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५८

  काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई...