Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

Machhapuchchhre Bank Limited

 

पोखरा। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वित्तीय परामर्शदाताहरुलाई सम्मानित गर्नको लागि एमडिआरटि २०२५ कार्यक्रम आयोजना गरेको छ। पोखरामा माघ १० देखि १३ गतेसम्म चार दिनसम्म चलेको यस कार्यक्रमले वित्तीय अभिकर्ताहरुको व्यवसायिक क्षमता अभिवृद्धि र सोच परिवर्तनका लागि तालिम र उत्सवमूलक गतिविधिहरू समेटेको थियो।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै उहाँले, “हामीले गर्नुभएको उपलब्धीलाई सदा सम्मान गर्नेछौं। यस कार्यक्रमको महत्त्व महा उत्सवको रूपमा रहेको छ,” भन्नुभयो।

कार्यक्रमका दौरान, ख्यातिप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङको नेतृत्वमा २ दिने सोच परिवर्तन र उत्प्रेरणात्मक तालिमले सहभागीहरूको व्यवसायिक क्षमतालाई थप सशक्त बनायो। तालिमले अभिकर्ताहरुलाई व्यवसायिक सीप र ज्ञानमा वृद्धि गर्न मद्दत पुर्याएको छ।

नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेज्यूले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “एमडिआरटि हुनु भनेको अभिकर्ताहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु हो। यो एक ठूलो सम्मान हो र तपाईहरुको प्रयासले केही पनि असम्भव छैन।”

कार्यक्रमको मुख्य आकर्षण भनेको एमडिआरटि सम्मान, सोच परिवर्तन तालिम र पोखरा तथा आसपासका धार्मिक र पर्यटकीय स्थलहरुको भ्रमण थियो। यस अवसरमा करिब २५० जनाको उल्लेखनीय सहभागिता थियो।

यस कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई माक्सिमम व्यवसायिक क्षमता विकासका लागि सन्देश र प्रेरणा प्रदान गरियो, जसले भविष्यमा कम्पनीको लक्ष्य हासिल गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:३८

काठमाडौं, फाल्गुन २ - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

वि.सं.२०८१ फागुन १ बिहीवार २१:०२

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार २२:५६

  काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक...

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ...

वि.सं.२०८१ माघ ३० बुधवार २२:२७

  काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी...

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल...

वि.सं.२०८१ माघ ३० बुधवार २२:१२

  काठमाडौँ, २०८१ फाल्गुन २ - नेपालको कृषि क्षेत्रलाई अगाडि...

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

वि.सं.२०८१ माघ ३० बुधवार २२:०२

  काठमाडौँ । दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले...