CG Electronics
Ncell NPL
NIMB

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पोखरा। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वित्तीय परामर्शदाताहरुलाई सम्मानित गर्नको लागि एमडिआरटि २०२५ कार्यक्रम आयोजना गरेको छ। पोखरामा माघ १० देखि १३ गतेसम्म चार दिनसम्म चलेको यस कार्यक्रमले वित्तीय अभिकर्ताहरुको व्यवसायिक क्षमता अभिवृद्धि र सोच परिवर्तनका लागि तालिम र उत्सवमूलक गतिविधिहरू समेटेको थियो।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै उहाँले, “हामीले गर्नुभएको उपलब्धीलाई सदा सम्मान गर्नेछौं। यस कार्यक्रमको महत्त्व महा उत्सवको रूपमा रहेको छ,” भन्नुभयो।

कार्यक्रमका दौरान, ख्यातिप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङको नेतृत्वमा २ दिने सोच परिवर्तन र उत्प्रेरणात्मक तालिमले सहभागीहरूको व्यवसायिक क्षमतालाई थप सशक्त बनायो। तालिमले अभिकर्ताहरुलाई व्यवसायिक सीप र ज्ञानमा वृद्धि गर्न मद्दत पुर्याएको छ।

नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेज्यूले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “एमडिआरटि हुनु भनेको अभिकर्ताहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु हो। यो एक ठूलो सम्मान हो र तपाईहरुको प्रयासले केही पनि असम्भव छैन।”

कार्यक्रमको मुख्य आकर्षण भनेको एमडिआरटि सम्मान, सोच परिवर्तन तालिम र पोखरा तथा आसपासका धार्मिक र पर्यटकीय स्थलहरुको भ्रमण थियो। यस अवसरमा करिब २५० जनाको उल्लेखनीय सहभागिता थियो।

यस कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई माक्सिमम व्यवसायिक क्षमता विकासका लागि सन्देश र प्रेरणा प्रदान गरियो, जसले भविष्यमा कम्पनीको लक्ष्य हासिल गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...