CG Electronics
Ncell NPL
NIMB

लक्ष्मी सन्राईज बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाण्डौं । लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा बैंक र वित्तीय संस्थाहरु र रेमिट हाइड्रो लि. बीच ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त आयोजना ताप्लेजुङ्ग जिल्लाको घुन्सा नदीमा निर्माण हुनेछ र यसको कुल लागत रु. १८ अर्ब १३ करोड छ।

सो सम्झौताले नेपालका नविकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। जलविद्युत आयोजना श्रावण ०८, २०७९ मा विद्युत उत्पादनको अनुमति पत्र प्राप्त गर्न सफल भएको थियो र २०८१ सालको बैशाख २१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत सम्पन्न गरिएको छ।

यस आयोजनाको मुख्य प्रवद्र्धक नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र विद्युत उत्पादन कम्पनी लि. रहेका छन्, जसको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ।

लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तियकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्, भने बाँकी ३० प्रतिशत रकम रेमिट हाइड्रो लि. का संस्थापक र साधारण प्रवद्र्धकहरुबाट आउनेछ। लक्ष्मी सन्राईज बैंकले ५ अर्बको प्रोजेक्ट फाइनान्स टर्म लोन दिने योजना बनाएको छ।

सो आयोजनाले २०३० डिसेम्बर महिनाभित्र विद्युत उत्पादन गर्न प्रारम्भ गर्ने र ४६२.२८ गिगावाट आवर इनर्जी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नेछ।

यस परियोजनाले नेपालको जलविद्युत कार्यक्रमलाई सुदृढ बनाउने र जनताको जलविद्युत क्षेत्रमा थप लगानी प्रवाह गर्ने अपेक्षा गरिएको छ।

लक्ष्मी सन्राईज बैंकको बारेमा :
लक्ष्मी सन्राईज बैंक लि. २०८० सालको आषाढ महिनामा लक्ष्मी बैंक र सन्राईज बैंकको मर्जबाट गठन भएको हो। बैंकले आफ्नो ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवाहरु प्रदान गर्दै आएको छ। हाल बैंकको २५४ शाखा, ३२७ ए.टी.एम, ५००० विप्रेषण एजेन्ट र अन्य शाखा रहित बैंकिङ्ग सेवा सहित विस्तृत नेटवर्क उपलब्ध छ।

बैंकको कुल वासलात ३९५ अर्ब रहेको र निक्षेप ३३३ अर्ब र कर्जा लगानी २५८ अर्ब रहेको छ, जसबाट वित्तीय सूचकहरु सकारात्मक रहेको छ।

 

 

 

 

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...