Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

विद्युतीय गाडी अर्थतन्त्रका लागि महत्वपूर्ण : कुलमान घिसिङ

kumari  bank

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रमा विद्युतीय गाडीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। शनिबार एबी मोटर्स ओमडाको नयाँ शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी साधनले हरेक क्षेत्रमा फाइदा पुर्‍याउने धारणा राखे।

कार्यक्रममा बोल्दै घिसिङले भने, “विद्युतीय समानहरुको जुन प्रवर्द्धन भइरहेको छ, त्यसले मलाई अत्यन्तै खुशी बनाउँछ। विद्युतीय गाडीले नेपालकै अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्नेछ। जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ, त्यो उहाँहरूको व्यक्तिगत फाइदाका लागि मात्र नभई समग्र अर्थतन्त्रका लागि पनि लाभदायक छ।”

उनले पेट्रोल र डिजेलको बढ्दो मूल्य र आपूर्तिमा समस्या देखिएको अवस्थामा विद्युतीय गाडीले इन्धनको आयातमा निर्भरता घटाउन सहयोग पुर्‍याउने बताए। “हामीले हाम्रो जीवनशैली नै विद्युतीय प्रणालीमा रूपान्तरण गर्न आवश्यक छ,” घिसिङले जोड दिए।

विद्युतीय गाडी प्रयोगले न केवल इन्धन आयातमा खर्च घटाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने, तर दीर्घकालीन रुपमा ऊर्जा आत्मनिर्भरता हासिल गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा विभिन्न विद्युतीय सवारी साधन प्रदर्शनीमा राखिएको थियो।

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय चितवनमा पोशाक वितरण

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय...

वि.सं.२०८२ जेठ ८ बिहीवार २२:०५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:५५

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम...

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:२१

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख...

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...