CG Electronics
IME Life
NIMB

विद्युतीय गाडी अर्थतन्त्रका लागि महत्वपूर्ण : कुलमान घिसिङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रमा विद्युतीय गाडीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। शनिबार एबी मोटर्स ओमडाको नयाँ शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी साधनले हरेक क्षेत्रमा फाइदा पुर्‍याउने धारणा राखे।

कार्यक्रममा बोल्दै घिसिङले भने, “विद्युतीय समानहरुको जुन प्रवर्द्धन भइरहेको छ, त्यसले मलाई अत्यन्तै खुशी बनाउँछ। विद्युतीय गाडीले नेपालकै अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्नेछ। जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ, त्यो उहाँहरूको व्यक्तिगत फाइदाका लागि मात्र नभई समग्र अर्थतन्त्रका लागि पनि लाभदायक छ।”

उनले पेट्रोल र डिजेलको बढ्दो मूल्य र आपूर्तिमा समस्या देखिएको अवस्थामा विद्युतीय गाडीले इन्धनको आयातमा निर्भरता घटाउन सहयोग पुर्‍याउने बताए। “हामीले हाम्रो जीवनशैली नै विद्युतीय प्रणालीमा रूपान्तरण गर्न आवश्यक छ,” घिसिङले जोड दिए।

विद्युतीय गाडी प्रयोगले न केवल इन्धन आयातमा खर्च घटाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने, तर दीर्घकालीन रुपमा ऊर्जा आत्मनिर्भरता हासिल गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा विभिन्न विद्युतीय सवारी साधन प्रदर्शनीमा राखिएको थियो।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...