Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

आर्थिक संकुचनका कारण सरकार अप्ठयारोमा छ : मन्त्री अधिकारी

Machhapuchchhre Bank Limited

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी वर्षको बजेटमा महाङ्काल गाउँपालिकाको लागि केही व्यवस्थापन गर्ने बताएका छन् ।

बुधबार महाङ्काल गाउँपालिका गाउँ सभाको १६ औं अधिवेशनमा उनले फागुन महिनाभित्र आगामी वर्षको बजेट निर्माण गर्ने भन्दै त्यसमा यो गाँउपालिकालाई विशेष ध्यान दिने बताएका हुन् ।
उनले भने, ‘हामी यो फागुन महिनाभित्र आगामी वर्षको बजेट निर्माण गर्दैछांै ।

त्यो बजेट निर्माण गर्दै गर्दा ललितपुर जिल्लाको महांकाल गाँउपालिकाको विकास गर्न र बसोबास यथावत राख्नको लागि के गर्न सकिन्छ । त्यो गर्नुपर्छ । हामी ५, ७ महिनाभन्दा बढि मन्त्री बन्न सक्दैनौं, यहाँ पनि छ समस्या तर मलाई यो ठाँउमा आएर बोली रहेको कुरा अर्को पटक मन्त्री बनेको व्यक्तिले पूरा गर्नुपर्छ भनेर मैले आँट गरेर बोलि रहको छु ।’

यसको साथै, उनले सरकार अप्ठयारो अवस्थामा रहेको र आर्थिक संकुचन भएको कारण असोज १२ र १३ गते भएको घटनामा नेपाल सरकारको तर्फबाट जुन सहयोग भयो, त्यो सहयोग पर्याप्त नभएको बताए ।

उनले भने, ‘असोज १२ र १३ गते भएको घटनाले गर्दा पीडादायी अवस्था हामीले भोग्नु पर्यो । त्यो समयमा नेपाल सरकारको तर्फबाट जुन सहयोग भयो, त्यो सहयोग पर्याप्त थिएन । प्रारम्भमा मात्र हामीले केही सहयोग सरकारको तर्फबाट भएको थियो । हामी अहिले अप्ठयारो अवस्थामा छाँै, आर्थिक संकुचन छ, तपाईंहरुलाई यथार्थ भन्नुपर्छ, हामीसँग आर्थिक संकुचन छ । अप्ठ्यारो अवस्था थियो र छ । यही कारण सोचे जतिको सहयोग हुन सकेन ।’

 

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...