CG Electronics
IME Life
NIMB

आर्थिक संकुचनका कारण सरकार अप्ठयारोमा छ : मन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी वर्षको बजेटमा महाङ्काल गाउँपालिकाको लागि केही व्यवस्थापन गर्ने बताएका छन् ।

बुधबार महाङ्काल गाउँपालिका गाउँ सभाको १६ औं अधिवेशनमा उनले फागुन महिनाभित्र आगामी वर्षको बजेट निर्माण गर्ने भन्दै त्यसमा यो गाँउपालिकालाई विशेष ध्यान दिने बताएका हुन् ।
उनले भने, ‘हामी यो फागुन महिनाभित्र आगामी वर्षको बजेट निर्माण गर्दैछांै ।

त्यो बजेट निर्माण गर्दै गर्दा ललितपुर जिल्लाको महांकाल गाँउपालिकाको विकास गर्न र बसोबास यथावत राख्नको लागि के गर्न सकिन्छ । त्यो गर्नुपर्छ । हामी ५, ७ महिनाभन्दा बढि मन्त्री बन्न सक्दैनौं, यहाँ पनि छ समस्या तर मलाई यो ठाँउमा आएर बोली रहेको कुरा अर्को पटक मन्त्री बनेको व्यक्तिले पूरा गर्नुपर्छ भनेर मैले आँट गरेर बोलि रहको छु ।’

यसको साथै, उनले सरकार अप्ठयारो अवस्थामा रहेको र आर्थिक संकुचन भएको कारण असोज १२ र १३ गते भएको घटनामा नेपाल सरकारको तर्फबाट जुन सहयोग भयो, त्यो सहयोग पर्याप्त नभएको बताए ।

उनले भने, ‘असोज १२ र १३ गते भएको घटनाले गर्दा पीडादायी अवस्था हामीले भोग्नु पर्यो । त्यो समयमा नेपाल सरकारको तर्फबाट जुन सहयोग भयो, त्यो सहयोग पर्याप्त थिएन । प्रारम्भमा मात्र हामीले केही सहयोग सरकारको तर्फबाट भएको थियो । हामी अहिले अप्ठयारो अवस्थामा छाँै, आर्थिक संकुचन छ, तपाईंहरुलाई यथार्थ भन्नुपर्छ, हामीसँग आर्थिक संकुचन छ । अप्ठ्यारो अवस्था थियो र छ । यही कारण सोचे जतिको सहयोग हुन सकेन ।’

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...