ज्योति विकास बैंकले रेशम राज रेग्मीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त

Thursday Feb 06, 2025
वि.सं.२०८१ माघ २४ बिहीवार ०५:२१

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्नो सञ्चालक समितिको ५०९औं बैठकमा श्री रेशम राज रेग्मीलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। उनको नियुक्ति मिति २०८१ साल माघ २३ गतेदेखि लागू हुनेछ।
श्री रेग्मीले नेपाल राष्ट्र बैंकमा २५ वर्षभन्दा बढीको कार्य अनुभव राख्दै आएका छन्। उनले कानून विषयमा स्नातकोत्तर गरेका छन् भने नेपाल सरकारका विभिन्न निकायहरूमा कानूनी सल्लाहकारको रूपमा पनि सेवा प्रदान गरिसकेका छन्। यसका साथै उनी अध्यापन क्षेत्रमा पनि सक्रिय छन् र नेपाल मध्यस्ता परिषद्का आजीवन सदस्य पनि हुन्।
संस्थागत सुशासन, एएमएल (एन्टी-मनी लन्ड्रिंग) र समग्र बैंकिङ्ग क्षेत्रमा विशेषज्ञता राख्ने श्री रेग्मीले बैंकिङ्ग कानून र संस्थागत सुशासनसम्बन्धी पुस्तक तथा विभिन्न शोधपत्रहरू प्रकाशित गरिसकेका छन्। उनको लामो अनुभव र विषयगत दक्षताले ज्योति विकास बैंकलाई थप सबल बनाउने अपेक्षा बैंकले गरेको छ।