Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा वृद्धि: आम्दानी र प्रतिशेयर आम्दानीमा सुधार

Machhapuchchhre Bank Limited

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आवमा ३४ करोड ६० लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३७ करोड ६२ लाख रुपैयाँ पुगको छ। चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो।

गत आवमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ।

गत आवको दोस्रो त्रैमाससम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालू आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीले दास्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आमदानी ८ रुपैयाँ ६३ पैसा रहेकोमा चालू आवमा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ।

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...