सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

Thursday Feb 06, 2025
वि.सं.२०८१ माघ २४ बिहीवार ०८:३३

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा मनोहरा, काठमाडौँ स्थित श्री सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसँगको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका साथै क्याम्पसका कर्मचारी तथा शिक्षक वर्गलाई शेयर बजारको जानकारी, लगानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरिएको थियो।
माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो स्थापनाको ५औं वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिनाभर रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यस धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनीले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ।