CG Electronics
IME Life
NIMB

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

NIMB
Himalayan Bank

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको सामना गर्न विकासोन्मुख देशहरुका लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताएका छन् ।

 

आइतबार नेपालमा पुनरुत्थानशील बागवानी मूल्य श्रृंखला सम्बन्धि कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताए ।

 

उनले भने,‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदिततै छ । यसका लागि विश्वले जलवायु परिवर्तनको मुख्य कारकको रुपमा रहेको कार्बन उत्र्सजनलाई घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक भएको छ ।’

मन्त्री ठकुरीले जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए ।

 

उनले भने,‘जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेका छौं । सरकार निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रदान्मक समाधानहरु अघि बढाउन सार्वजनिक नीजि पुँजी परिचालन गर्न अति आवश्यक छ ।’

 

उनले नेपाललाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन प्रभावकारी उपायहरु मध्ये पुर्नउत्पादक बागवानी एक महत्वपुर्ण उपाय रहेको पनि बताए । उनले अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुर्नउत्पादक कृषि अभ्यासहरुलाई अंगिकार गर्न अपरिहार्य रहेको कुरामा जोड दिए ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...