CG Electronics
Ncell NPL
TATA Banner

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौँ । दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले गाए जस्तै ‘सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन’ । साच्चैनै जीवन हामीले सोचे जस्तो कहिले हुँदैन । त्यसैले जोखिमरहित जीवन जिउनको लागि बीमा गर्नुको विकल्प छैन । मानव जीवनबाहेक अन्य कुनै पनि कुराको बीमालाई सामान्य बीमा भनिन्छ । सामान्य बीमा र निर्जीवन बीमा पर्यायवाची शब्द हुन् ।

 

नेपालमा अहिले बीमाबारे सतप्रतिशत थाहा नभएपनि अधिकांशलाई थाहा छ भन्दा फरक नपर्ला । जीवन बीमा गर्नेको संख्या जति बढी छ निर्जीवन बीमा प्रति पनि चासो बढ्दै गएको छ । नेपाल बीमा प्राधिकारणको तथ्याङक हेर्ने हो भने विश्वको निर्जीवन बीमा बजार सन् २०२१ को तुलनामा सन् २०२२ मा झिनो वृद्धि भएको देखिन्छ । सन् २०२१ मा निर्जीवन बीमामा अमेरिकी डलर ३८ खर्ब २४ अर्ब ४३ करोड बराबर बीमा शुल्क संकलन हुँदा सन् २०२२ मा अमेरिकी डलर ३९ खर्ब ६९ अर्ब २० करोड अमेरिकी डलर संकलन भएको देखिन्छ ।

 

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कुल बीमित जनसंख्याको उल्लेखनीय अंश अझै निर्जीवन बीमाको पहुँचभन्दा बाहिर छ । निर्जीवन बीमालाई सुदूढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स एचइआइ पुरानो र विश्वसनीय निर्जीवन बीमा कम्पनीहरु मध्ये एक हो । एचइआइले व्यक्तिगत तथा व्यवसायिक आवश्यकताहरु पूरा गर्ने उद्धेश्यले विविध निर्जीवन बीमा सेवाहरु प्रदान गर्दै आएको छ । यस कम्पनीको सवारीसाधन, सम्पत्ती, स्वास्थ्य, कृषि, यात्रा तथा व्यापार बीमा जस्ता सेवाहरु उपलब्ध गराएर आम उपभोक्तालाई सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउँदै आएको छ ।

 

हाम्रो मनमा प्रश्न उब्जिन सक्छ किन आवश्यक छ निर्जीवन बीमा ? भनिन्छ दुःख बाजा बजाएर आउँदैन । हामीले २०७२ सालको भूकम्पपनि देख्यौ र २०८१ सालको बाढीपहिरोको जोखिम पनि देख्यौ । नेपाल प्राकृतिक प्रकोप, औद्यौगिक दुर्घटना, सडक दुर्घटना, स्वास्थ्य समस्या, चोरी डकैती, आगलागी र अन्य जोखिमपूर्ण अवस्थासँग जुधिरहेको देश हो । यस्तो अवस्थामा निर्जीवन बीमा जोखिम व्यवस्थापनको एउटा बलियो उपाय हो ।

अब धेरैलाई लाग्न सक्छ निर्जीवन बीमाको प्रमुख सेवाहरु के–के हुन् त ?

एउटा हो सवारीसाधन बीमा । नेपाल प्रहरीको आर्थिक वर्ष २०८१÷८२ को तथ्याङक अनुसार नेपालमा दैनिक ९७ वटा सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनाबाट धेरैको ज्यानै जान्छ भने कतिपयको सवारीसाधन ध्वस्त हुन्छ । आफू घाइते भएको उपचार खर्चको चिन्ता त छदै छ अर्कातिर सवारीसाधन मर्मतको चिन्ता पनि सँगसँगै हुन्छ ।

यस्तो अवस्थामा ‘सवारीसाधन बीमा’ दुर्घटनामा पर्ने सवारी तथा त्यसमा सवार व्यक्तिहरुको वित्तीय सुरक्षाका लागि आवश्यक हुन्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले मोटरसाइकल, निजी सवारीसाधन, व्यवसायिक गाडी लगायतका बीमा योजना उपलब्ध गराउदै आएको छ । अर्को निर्जीवन बीमाको सेवा भनेको सम्पत्ती बीमा । नेपाल जस्तो भूकम्पीय जोखमयुक्त देशमा घर तथा व्यवसायिक भवनहरुको बीमा अत्यन्तै जरुरी छ ।

गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । बाढी र पहिरो, आगलागी, चोरी–डकैती तथा अन्य जोखिमहरुबाट सुरक्षा प्रदान गर्न एचइआइको सम्पत्ती बीमा योजनाले महत्वपूर्ण भूमिका खेल्छ । विशे गरि व्यवसायी तथा उद्धमीहरुका लागि यो योजना आवश्यक रहेको छ । यस्तै स्वास्थय बीमा पनि निर्जीवन बीमाको सेवामा पर्दछ । तपाईँ साधारण जाँचका लागि अस्पताल जाँदा कम्तिमा १० हजार जति बोकेर जानुहुन्छ ।

जचाएर घर फर्किदा तपाइको हातमा मुस्किलले २÷३ हजार मात्र रहला । हो यस्तै आकस्मिक रुपमा आउने स्वास्थ्य समस्याहरुले ठूलो आर्थिक भार पर्नसक्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा गई तपाइहरु आफ्नो, परिवारजन तथा कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सक्नुहुन्छ । यसले अस्पताल खर्च, औषधिउपचार खर्च तथा आकस्मिक उपचार खर्च कभर गर्छ ।

“बीमा गरौं सुरक्षित रहौं”

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...