Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

Machhapuchchhre Bank Limited

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फाल्गुन महिनामा नसर्ने रोगहरू(मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान २०८१ संचालन गर्दैछ ।

विहीबार काठमाडौंमा एक कार्यक्रमको बीच मन्त्रालयले ‘नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका २०८१’ अनुसार स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट फाल्गुन महिना भर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समुहका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य प्रवर्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत क्रियाकलापहरु सबै प्रदेश र स्थानीय तह मार्फत संचालन गर्न लागेको जानकारी गराएको हो ।

यस अभियानले नेपालभित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथि उमेरका सबै व्यक्तिहरुको नसर्ने रोग सम्बन्धि अवस्था थाहा पाउन लागत–प्रभावकारी उपायका रुपमा हरेक स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा विद्यमान स्वास्थ्यकर्मी र औषधि– उपकरणहरुको समुचित प्रयोग गरी मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धि रोग एबम शरीरको उचाई र तौलको अनुपात समयमा नै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा समयमै व्यवस्थापन गर्ने उद्देश्य राखेको छ ।

त्यसैगरि यो अभियानले सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरु जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियनत्रण र नुनको अत्याधिक प्रयोगमा कमि ल्याउन मद्दत गर्ने आशा गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ मा निर्दिष्ट भए बमोजिम नसर्ने रोग विरुद्धको लडाईमा नेपाल सरकारका सामाजिक सुरक्षा तथा नीति, कार्यक्रमहरु, नेपालले विभिन्न समय समयमा गरेका अन्तराष्ट्रिय प्रतिबद्धताहरु, चुनौतीहरु र उपलब्ध स्रोतसाधनलाइ आधार बनाई गरेका कार्यक्रममा नसर्ने रोग रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको छ ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...