CG Electronics
IME Life
NIMB

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फाल्गुन महिनामा नसर्ने रोगहरू(मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान २०८१ संचालन गर्दैछ ।

विहीबार काठमाडौंमा एक कार्यक्रमको बीच मन्त्रालयले ‘नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका २०८१’ अनुसार स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट फाल्गुन महिना भर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समुहका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य प्रवर्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत क्रियाकलापहरु सबै प्रदेश र स्थानीय तह मार्फत संचालन गर्न लागेको जानकारी गराएको हो ।

यस अभियानले नेपालभित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथि उमेरका सबै व्यक्तिहरुको नसर्ने रोग सम्बन्धि अवस्था थाहा पाउन लागत–प्रभावकारी उपायका रुपमा हरेक स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा विद्यमान स्वास्थ्यकर्मी र औषधि– उपकरणहरुको समुचित प्रयोग गरी मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धि रोग एबम शरीरको उचाई र तौलको अनुपात समयमा नै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा समयमै व्यवस्थापन गर्ने उद्देश्य राखेको छ ।

त्यसैगरि यो अभियानले सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरु जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियनत्रण र नुनको अत्याधिक प्रयोगमा कमि ल्याउन मद्दत गर्ने आशा गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ मा निर्दिष्ट भए बमोजिम नसर्ने रोग विरुद्धको लडाईमा नेपाल सरकारका सामाजिक सुरक्षा तथा नीति, कार्यक्रमहरु, नेपालले विभिन्न समय समयमा गरेका अन्तराष्ट्रिय प्रतिबद्धताहरु, चुनौतीहरु र उपलब्ध स्रोतसाधनलाइ आधार बनाई गरेका कार्यक्रममा नसर्ने रोग रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको छ ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...